प्याब्सनको ११ औं महाधिवेशन आजदेखि ललितपुरमा सुरु हुँदै ।।
निजी विद्यालयहरूको छाता सङ्गठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन) को ११ औं आधिवेशन आजदेखि सुरु हुँदै छ । भोलिसम्म चल्ने महाधिवेशनको आज ललितपुरमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुहुनेछ । आजै २ बजेदेखि सुरु हुने बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित गर्ने र भोलि नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु हुने अध्यक्ष राजेश खड्काले जानकारी दिनुभयो । देशभरका प्याब्सन आवद्ध १७ सय प्रतिनिधिहरूले भाग लिने महाधिवेशनले आउने दुई वर्षका नयाँ नेतृत्व चयन गर्ने छ । ६४ सदस्यीय कार्यसमितिका लागि १ सय ७ जनाले मनोनयन दर्ता गरिसकेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind