सर्लाहीमा बोक्सीको आरोपमा महिलामाथि अमानवीय दुव्र्यवहार ।।


बोक्सीको आरोपमा चितवनमा ठेगानीदेवी महतोको हत्या भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि बोक्सीको आरोपमा महतो थरकै अर्की महिलालाई यातना दिईएको घटना सार्वजनिक भएको छ । घुर्कौली गाविस वडा नम्बर ७ की ४५ वर्षिया लोचनीदेवी महतोलाई बोक्सीको आरोपमा छिमेकीले कुटपिट गर्नुका साथै मानव मलमुत्र कोच्याई दिएका हुन् । यातनका कारण बिरामी पर्नुभएकी महतोलाई उपचारको लागि गएरातीदेखि हरिवन स्थित नमुना अस्पताल भर्ना गरिएको छ । गत बिहीबार अपरान्ह ४ बजे घटना भएको भए पनि आफन्तको विवाहमा गएका घरका पुरुष सदस्य हिजो मात्र आएकाले घटना आज सार्वजनिक भएको हो । लोचनीदेवीका श्रीमान् भुनाई महतोले हिजो प्रहरी घर गएको भए पनि छलफल गरी मिल्न सल्लाह दिएर दोषीलाई पक्राउ नगरेको आरोप लगाउनु भयो । तर हरिवनस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र अधिकारीले भने दोषीलाई खोजी गरिरहेको बताउनु भएको छ ।

लोचनीदेवीलाई छिमेकीहरु कपीलेश्वर महतो, चरितर महतो, नथुनिया माली लगायतको परिवारका ६ जना महिला सदस्यले मानव मलमुत्र कोच्याएको पीडित पक्षको भनाइ छ । घरमा एक्लै बसिरहेको बेला लछारपछार गर्दै कपीलेश्वरको बारीमा लगेर बाल्टीन्मा घोलेको दिसा कोच्याई दिएको पीडित लोचनीले गुनासो गर्नुभयो ।



आमालाई दुव्र्यवहार भएको देखेर गएकी १७ वर्षिया छोरी सीतालाई पनि महिलाहरुले लछार पछार गरेका थिए । गत कातिकमा टाईफाईड भएर मृत्यु भएका कपीलेश्वरका  १० वर्षका भतिजालाई टुनामुना गरेर मारेको भन्ने अन्धविश्वासपूर्ण आरोप लगाउदै आफूलाई दुव्र्यवहार गरिएको पीडित लोचनीदेवीले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind