टीकापुर अस्पतालबाट एआरटी सेवा लिनेहरुको सङ्ख्या थपिदै ।।


दिलबहादुर चौधरी

कैलालीको टीकापुर अस्पतालबाट एचआईभी सङ्क्रमितहरुले लिने उपचार सेवा (एआरटी) सेवा लिनेहरुको सङ्ख्या थपिदै गएको छ । रोजगारीका लागि भारत जाने तथा असुरक्षित यौन सम्पर्क गरी सङ्क्रमित भई आउने गरेको धेरै छन् । पहिलेपहिले एचआइभी सङ्क्रमितलाई स्वास्थ्य सेवा पनि नपाइने र सङ्क्रमित उपचारमै नआउने भएपनि पछिल्ला वर्षहरुमा सेवा लिने एचआइभी सङ्क्रमित हुनेहरुको संख्या बढेको देखिन्छ । टीकापुर अस्पतालको तथ्याङअनुसार २०६४ देखि अहिलेसम्म ३ सय ६३ जना एचआईभी सङ्क्रमित रहेका रहेकोमा २ सय ८८ जनाले एआरभी सेवा लिइरहेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind