हत्याको विरोधमा चितवनको माडी बन्द ।।


ध्रुुवराज खनाल

पश्चिम चितवनको माडीमा बोक्सीको आरोपमा एक महिलाको हिजो बिहान हत्या गरिएपछि थारु कल्याणकारिणीसभा चितवनले आज माडीमा बन्द गराएको छ । बन्दका कारण माडीबाट सदरमुकाम आउने गाडीहरु चल्न सकेका छैनन् भने बजार पूर्ण रूपमा ठप्प रहेका छन् । स्थानियबासिन्दा आज पनि वसन्तपुर बजारमा प्रदर्शन गरिरहेका छन् । स्थानिय महिलाहरु समूह पनि प्रदर्शनमा उत्रिएका छन् । स्थानियले हत्यारालाई कार्वाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै आज पनि शव उठाउन दिएका छैनन् । शव अहिले पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हत्याको विरोधमा स्थानिय बासिन्दाले हिजो पनि माडीमा दिनभर गाडी चल्न दिएका थिएनन् । मृतकका परिवार र स्थानियहरु माडीको विभिन्न स्थानहरुमा प्रदर्शन गरेका थिए । माडी बघौडा–२ बघौडाका अन्दाजी ५० वर्षकी ढेगनी महतोलाई कुटपिट गरी जलाएर हत्या गरिएको थियो । घटनामा संलग्न रहेको आशङ्काका प्रहरीले हिजै १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । हत्याको आरोपीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind