शिवरात्रिको तयारी ।।
आउँदो सोमबार हुने शिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको छ । भारतलगायत अन्य मुलुकबाट आउने भक्तजनको सुविधाका लागि पशुपतिका चारवटै ढोका खुल्ला गरिनेछ । यस वर्ष पनि सःशुल्क प्रवेशको व्यवस्था मिलाइएको साधु सन्त, सत्कार तथा चन्दन–प्रसाद वितरण उपसमितिका संयोजक नरोत्तम वैद्य जानकारी दिनुभयो । छिटो दर्शन गर्न चाहनेका लागि पश्चिमतर्फ फर्किन फाष्ट ट्र्याकको व्यवस्था गरिएको छ भने शुल्क तिरेर दर्शन गर्नेहरुका लागि बज्रघर हुँदै दक्षिणपट्टिको ढोकाबाट भित्र छिर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा गौशाला क्षेत्रमा शोभायात्रा तथा प्रभातफेरी गरिएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind