रेडियो लिस्ने आवाजमा आगलागी ।।
प्यूठानमा रहेको रेडियो लिस्नेआवाजमा आज आगलागी भएको छ । विहान ७ बजेर २८ मिनेट जाँदा बिद्युत सर्किट सट भएपछि लागेको आगोले १२ लाख रुपैँया भन्दा बढिको उपकरणहरु जलेर नष्ट भएको स्टेशन सह—म्यानेजर अर्जुन जिसीले बताउनुभयो । ३ लाख रुपैयाँको अडियो प्रोसेसर, ४ लाख २५ हजार को एस. टि. एल. रिसिभर सेट, ६४ हजारको २ थान कम्प्युटर, उपकरण कक्ष सँगै त्यस् कक्षमा रहेका अन्य सामाग्रीहरु पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने ९ लाख २५ हजार पर्ने रेडियो ट्र«ान्समिटरका विभिन्न पार्ट–पुर्जाहरु पनि जलेका छन् । रेडियो ट्रान्समिटर मर्मत गर्न सकिने वा नसकिने र मर्मत भएमा कति रकम लाग्ने यकिन भएको छैन । रेडियो लिस्नेआवाजले यो विपतको घडीमा सम्पूर्ण महानुभाव समक्ष रेडियो सञ्चालनमा ल्याउनको लागि सहयोग गर्न हार्दिक अनुरोध गरेको छ । रेडियो आज विहान ७ः२८ बजे देखी बन्द छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind