सिन्धुलीको माछापालनको पोखरी बन्यो सामुहिक धन ।।


सिन्धुलीको टाँडी गाविस ५ तल्लो धनसरीमा स्थानियबासिन्दाले माछापालनका लागि खोलामा बनाएको पोखरी सामुहिक धन बनेको छ । खाद्यान्न उत्पादनका लागि उर्बर जमिन भएर पनि सिचाईको अभावमा खेत बाँझै बसेपछि धनसरीका बासिन्दाले पाछापालनका लागि चारवटा पोखरीबाट माछापालन र सिचाई दुवै गरेर आम्दानी लिन थालेका हुन् । खेतको सतहभन्दा दुई सय मिटर गहिराईमा रहेको माछापालन पोखरीको पानी मोटर र जेनेटरको सहायताले खेतमा झ्याँकी सिंचाई सुविधाको पनि व्यवस्था गरेको माछापालन समूहका अध्यक्ष थिरप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार  पोखरीको पानीबाट सय विघाभन्दा बढी जमिनमा सिंचाई पुगेको छ । पोखरीको पानी सिंचाईमा प्रयोग गर्न थालेपछि सिजनअनुसार गहुँ, मकै, तोरी बाली र तरकारी खेती हुन थालेको स्थानिय किसान पदमवहादुर कार्कीले बताउनुभयो । पोखरीको पानीबाट समूहका रहेका २७ घर परिवारले सिंचाई सुविधा उपभोग गरेको उहाँले जानकारी दिनुभयो । पोखरीमा गरेको रहु, नैन, कमलकाट जातका माछापालनबाट समूहलाई बर्सेनि एक लाख रुपैया फाईदा हुने गरेको समूहकै गेटप्रसाद पराजुली बताउनुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind