ढिकीजाँतो गर्नुपर्ने बाध्यताबाट मुक्ति

गाउँमा कुटानी पिसानीको बिजुली मील बनेपछि खोटाङको ऐसेलुखर्कका महिलाहरुले ढिकीजाँतो गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।  पहिलोपल्ट बिजुलीबाट सञ्चालन हुने कुटानी–पिसानीका मिल बनेपछि ऐँसेलुखर्क–९ का महिलाहरुले अन्न पिस्नका लागि ढिकी–जाँतो गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका हुन् । कुटानी–पिसानीको मील बनेपछि वडाका २९ घर परिवारका महिलालाई धान, गहुँ, मकै, कोदोलगायतका अन्न पिस्न सहज भएको स्थानीय लालीगुराँस सामुदायिक संस्थाका सचिव गोमा खुलालले बताउनु भयो । बिजुली मील बनेपछि गाउँका महिलाहरुले अन्न पिस्नका लागि ढिकी जाँतोमा खर्च हुन समय अन्य घरायसी काममा लगाउन थालेको खुलालले बताउनुभयो । शारीरिक बलको प्रयोगविना अन्न पिसानीका काम छिटो हुन थालेपछि गाउँका गृहिणी महिलाहरु खुसी बनेका छन् । गरिबी न्युनीकरण कार्यक्रम अन्तर्गत बालसेवा समाज नेर्पा खोटाङको १ लाख २१ हजार आर्थिक सहयोगमा स्थानीय लालीगुराँस सामुदायिक संस्थाले गाउँमा कुटानी–पिसानीका बिजुली मिल निर्माण गरेको हो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind