अब कण्डमबाट बलत्कारी पत्ता लौन सकिने

तपाइलाई अचम्म लाग्ला कण्डमबाट पनि बलत्कारी पत्ता लौन सकिन्छ  र ? तर  दक्षिण अफ्रिकाकी सोनेट एहलर्स नामकी महिलाले केही वर्ष पहिले बलत्कार प्रतिरोधी कण्डमको आविष्कार गरेकी हुन् ।
एन्टी रेप कन्डम भनिने रेपेक्स नामको यो महिला कण्डमको काम भनेको बलत्कारी पुरुषलाई पक्रनु हो ।
यो कण्डमले महिलालाई बलत्कार गर्ने पुरुषको लिंगमा नराम्रोसँग घाउ बनाउने मात्र होइन लिंगमा टाँसिएको उक्त कण्डम सर्जरी गरेरै निकाल्नुपर्ने हुन्छ । यो कण्डमको भित्री भागमा दाँतजस्ता तिखा संरचना बनाइएको हुन्छ ।
यस्तो प्रकारको कण्डम लगाएकी महिलासँग जब पुरुषले यौन सम्पर्क राख्दछ तब उसको लिंगमा ती दाँत आकारका संरचना गड्छन् । दाँत लिंगमा गडेपछि उसले लिंग बाहिर निकाल्दा कण्डम सँगै निस्कन्छ र त्यो कण्डमलाई लिंगबाट निकाल्न अस्पतालमै गएर सर्जरी गर्नुपर्छ ।
एहलर्सलाई यस्तो कण्डम बनाउने विचार त्यस समयमा आएको थियो जब उनी दक्षिण अपि|mकी रक्तसंचार सेवामा काम गर्थिन् । त्यस समयमा उनले केही बलत्कार पीडित महिलासँग भेट्ने मौका पाइन् । ती महिलासँग कुरा गर्दा एक पीडित महिलाले भनेकी थिइन् यदि मेरो गुप्तांगमा दाँत हुन्थ्यो भने मैले बलत्कारीलाई सबक सिकाउन सक्थेँ । तर योनीमा दाँत हुने कुरा भएन ।
यो कुराले एहलर्सलाई यस्तो दाँतवाला कण्डम बनाउने प्रेरणा मिल्यो । २००५ मा बनाइएको यो कण्डम महिला विरुद्ध हुने यौनजन्य हिंसा निवारणको लागि महत्वपूर्ण हुने बताइएपनि यसको प्रयोग भने उतिसारो हुन सकेको छैन । बलत्कारको खतरामा रहेका महिलाले जोखिमयुक्त स्थान वा समयमा यो कण्डम लगाएर बस्ने गरेमा बलत्कारी पुरुषलाई पक्रन तथा लिंगमा रहेको घाउलाई प्रमाणको रुपमा अदालतमा पेश गर्न सजिलो हुने महिला अधिकारकर्मीहरुको भनाइ छ ।
सन्२००५ रेपेक्स नाम दिइएको यो कण्डमको नाम पछी सन् २००६ मा यसको नाम  रेप एक्स दिएको थियो ।