निलो आँखा तर अधेरोमा सजिलै देख्न सक्ने [With Video]

यो भिडियो हेर्न यहा क्लिक गरेर like गर्नुहोस http://www.facebook.com/MindMero







चीनको दहुआ इलाकामा बसोवास गर्ने नोंग युसुई नामका बच्चाको आँखा निलो छ र प्रकाशमा उनको आँखाले नियन हरियो रंग प्रतिबिम्बित गर्छ । तर आश्चर्य उनको आँखाको रंगमा मात्र होइन, उनले घना अँध्यारोमा पनि सजिलै देख्न सक्छन । 


नोंगका पिताले बताए कि उसको आँखाको रंग बेग्लै देखेर जन्मिएको दुइ हप्ता पछी उनलाई जचाउन आँखा डाक्टरकोमा लागेका थिए, डाक्टरले चिन्ता गर्नु पर्ने कारण नरहेको र यो पछि सामान्य हुने बताएका थिए । तर उनको आँखाको रंगमा कुनै परिवर्तन भएन । 



नोंगले पुरा अँध्यारोमा देख्न पनि कुनै किसिमको समस्या नरहेको बताएका छन । उनको यो क्षमताको जांच गर्नको लागि उनलाई अँध्यारो कोठामा थुनेर होमवर्क गर्न लगाईएको थियो र उनले सजिलै त्यसको उत्तर लेखेर बुझाएका थिए ।