मुलुक कालो सूचीमा परे प्रधानमन्त्री दोषी हुने प्रतिपक्षी दलहरुको भनाइ ।।
मुलुक कालो सूचीमा परेमा त्यसको जिम्मेवारी प्रधानमन्त्री आफैले लिनुपर्ने प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । संयुक्त बैठकले निर्णय गरेअनुसार संसदमा प्रस्तुत विधेयक पारित गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका प्रतिपक्षी दलका नेताहरुले नैतिक जिम्मेवारी प्रधानमन्त्री आफैले लिनुपर्ने बताएका हुन् । ज्ञापनपत्र बुझाउन काङ्ग्रेस संसदी दलका नेता रामचन्द्र पौडेल र एमाले प्रमुख सचेतक भीम आचार्य प्रधानमन्त्री कार्यालयमा जानुभएको थियो । यसअघि नेपाली काङग्रेसलगायतका प्रतिपक्षी दलहरूको बैठकले परिमार्जनसहित विधेयकहरु जसरी पनि पारित गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थिये । यही फागुन १ गते बसेको संसद बैठकमा सङ्गठित अपराध निवारण विधेयक, पारस्परिक कानुन सहायता विधेयक र सुपुर्दगी विधेयक प्रस्तुत गरिएको थियो । माओवादी वैद्य पक्षले विधेयकको विरोध गर्दै आएको छ ।