लागू औषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी तालिम सुरु ।।
दिपेश पौडेल
लागू औषध दु्व्र्यसन न्यूनीकरण गर्ने उद्देश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा तीन दिने कुलत तथा दुव्र्यसनसम्बन्धी प्रशिक्षण तालिम सुरु भएको छ । रौतहट जिल्लाको उत्तरी भेगको राजमार्ग आसपासका चन्द्रनिगाहपुर, डुमरिया, सन्तपुर, जुडिबेला, पौराई, महम्मदपुर लगायतका गाविसमा पछिल्ला महिनाहरुमा लागू औषधको कारोबार बढ्दै गएको जनगुनासो आइरहेको बेला प्लान नेपालको सहयोगमा “हामी छौं, तपाई जहाँभएपनि” नामक गैर सरकारी संस्थाले किशोरी–किशोरी तथा युवावर्गलाई लक्षित गर्दै तीन दिने सचेतना तालिमको आयोजना गरेको हो ।