मृत छोराको विर्य संकलन


तपाइलाइ थाहा छ? साँवा भन्दा ब्याज प्यारो छोराछोरी भन्दा नातिनातीना प्यारो भन्ने उखान हामीकहाँ प्रचलित नै छ । धेरै वृद्धवृद्धाहरुको नातिनातिना देखेर मर्ने धोको हुन्छ । आखिर छोराछोरी ज्यूँदो भएमा त हो नातिनातिना देख्ने । छोराछोरी नै नरहेपछि नातिनातिना देख्न पाउने कुरै भएन ।
तर भारतमा भने ५९ वर्षीय रवि कुमार र उनकी श्रीमती कार्थियायानीले छोरा मरिसकेपछि पनि नातिनातिना देख्न पाउने भएका छन् । मरेको छोराको विर्य कुनै भाडाकी आमा (सेरोगेट मदर) को डिम्बसँग निशेषच गराएर गर्भाधान गराएर नातिनातिना देख्ने उनीहरुको धोको पूरा हुने भएको हो ।
भारतको केरलाको थि्रसुर क्षेत्रका रविलाई स्थानीय अदालतले त्यहाँको एक निसन्तान केन्द्रमार्फत आफ्नो मृत छोराको विर्य संकलन गरी कुनै महिलामा गर्भाधान गराउन अनुमति दिएको हो । अझ खुसीको कुरा त के भने रविले आफ्ना छोराको विर्यबाट गर्भाधान गराएर बच्चा पाइदिने भाडाकी महिला समेत फेला पारिसकेका छन् ।

रविका एकमात्र छोरा रतीसको अघिल्लो वर्ष अण्डकोषको क्यान्सरबाट ज्यान गएको थियो । क्यान्सरको उपचारका क्रममा चिकित्सकले उनलाई विर्य जाँचको लागि संकलन गरेर सुरक्षित राख्न सल्लाह दिएका थिए । डाक्टरको सल्लाह अनुसार रतीसले आफ्नो विर्य एउटा बोतलमा संकलन गरी निसन्तान केन्द्रमा भण्डारणका लागि दिएका थिए । तर दुर्भाग्यवस त्यो विर्यको परीक्षण नहुँदै उनको ज्यान गयो ।
पछि रतीसका बुवा रवि आफ्ना छोराको विर्य माग्न निसन्तान केन्द्रमा गए । तर उक्त केन्द्रले रतीसको विर्य दिन अस्विकार गर्यो । त्यसपछि उनीहरुले कोची लोक अदालतमा छोराको विर्य पाउनुपर्ने माग गर्दै मुद्धा हाले । अदालतले गएको सोमबार उक्त मुद्धामा फैसला गर्दै रविलाई उनका छोराको विर्य दिन निसन्तान केन्द्रलाई निर्देशन दिँदै उक्त विर्य ३ महिनाभित्रमा प्रयोग गरिसक्नुपर्ने निर्णय गर्यो ।
ज्यालादारीमा काम गर्ने रवी र सरकारी अस्पतालमा भुइँ बढार्ने काम गर्ने श्रीमतीले आफ्ना छोराको सन्तान प्राप्त गर्न आफुहरुले जति खर्च लागेपनि खर्च गर्ने र त्यसका लागि घर तथा जग्गा समेत बेच्न तयार रहेको बताएका छन् । रवीका छोराको विर्यबाट गर्भाधान गर्न तयार भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । शुभकामना छ, छोरा बितेर पनि नातिनातिना देख्ने भाग्य भएका रवी र उनकी श्रीमतीलाई ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind