टि्वटरप्रयोगकर्ताले गरेका टि्वट खरि


माइक्रो ब्लगिङ साइट टि्वटरले आफ्ना प्रयोगकर्ताले गरेका टि्वट बिक्रि गर्ने भएको छ । सन् २०१० को जनवरी देखि टि्वटरप्रयोगकर्ताले गरेका टि्वट खरिद गर्न बेलायती कम्पनी डाटासिफ्ट सहमत भएको हो । टि्वटर र उक्त कम्पनीबीच टि्वट खरिदबिक्रि सम्झौतामा हस्ताक्षर भएको छ ।
यो सँगै पहिलोपटक टि्वटर प्रयोगकर्ताको ३० दिनभन्दा पहिलेका टि्वट समेत प्राप्त गर्न सकिने भएको छ । यसअघि निश्चित कम्पनीहरुलाई मात्र टि्वटरले ३० दिनभन्दा पहिलेका पोष्टमा पहुँच प्रदान गरेको थियो ।

डाटासिफ्ट कम्पनीका मार्केटिङ म्यानेजर टिम बार्करले टि्वटरसँग गरिएको खरिद सम्झौतापछि कम्पनीलाई आफ्ना ग्राहकको रुची तथा चाहनाका बारेमा बुझ्न सजिलो हुने बताए । उपभोक्ताहरुको चाहना अनुसार ब्रान्डको उत्पादन र वितरण गरिएमा त्यस्तो व्यवसाय दिगो हुने भन्दै उनले सर्वसाधारणका टि्वट्समार्फत उनीहरुका भावना र रुचीको बारेमा जानकारी लिन सकिने भएकाले व्यवसायिक फाइदा पुग्ने उनको भनाइ छ ।
डाटा सिफ्ट कम्पनीले केबल २ वर्ष अघिदेखिका टि्वटर प्राप्त गर्न सम्झौता गरेकोमा त्यसअघिका टि्वट्सको बारेमा समेत जान्नका लागि अन्य कम्पनीले समेत रुची देखाउन सक्ने बताइएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind