एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोह खुलामञ्चमा हुँदै ।।
नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद बैठक आजदेखि राजधानी काठमाडौंमा सुरु भएको छ । खुल्लामञ्मा आयोजना हुने उद्घाटन समारोहमा सहभागी हुन एमाले नेता तथा कार्यकर्ताहरुले विभिन्न स्थानबाट ¥याली निकालेका छन् । विभिन्न जिल्लाबाट आएकाहरुसहितको ¥याली अहिले खुलामञ्च पुग्ने क्रम जारी छ । अध्यक्ष झलनाथ खनालले परिषद् बैठकको उद्घाटन गरेपछि उद्घाटन समारोहलाई वरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी ओली, उपाध्यक्षहरु बामदेव गौतम, अशोक राई, विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । परिषद बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति, शान्ति प्रक्रिया र संविधान निर्माणमा देखापरेका अवरोधबारे छलफल गरी पार्टीलाई नयाँ एकतामा बाँध्ने एमालेले दावी गरेको छ । आठौं महाधिवेशनपछि पहिलो पटक हुन लागेको पहिलो प्रतिनिधि परिषद्लाई शक्ति प्रदर्शनको रुपमा लिएको एमालेले विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई राजधानीमा उतारेको छ । उद्घाटन समारोहपछि प्रज्ञा प्रतिष्ठानमा हुने बन्द सत्रमा देशभरका करिब ९ सयजना भन्दा बढि प्रतिनिधि सहभागी हुनेछन् । बन्द सत्रमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, सल्लाहकार परिषदको प्रतिवेदन र आर्थिक विभागको प्रतिवेदनमा छलफल हुनेछ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind