संविधानका विवाद मिलाउने समय फागुन मसान्तसम्म ।।


नयाँ संविधानका अन्तरवस्तुमा रहेका विवाद मिलाउने समय फागुन मसान्तसम्म लम्बाइएको छ । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बिहान बसेको बैठकले फागुन मसान्तसम्ममा सबै विषय समाधान गर्ने गरी आन्तरिक कार्य तालिका तयार गरेको एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिनुभयो । सहमतिका लागि भन्दै संवैधानिक समितिले आग्रह गरेअनुसार नै १० दिनको समय थप गरिएको आचार्यले बताउनुभयो । यसअघि फागुन २० गतेसम्ममा संवैधानिक समितिबाट विवाद समाधान गर्ने आन्तरिक कार्यतालिका रहेपनि त्यो समय गुज्रेपछि फेरि फागुन मसान्तसम्मको समय लम्बाइएको हो ।
पटक÷पटक कार्यतालिका फेरबदल गर्दासमेत संविधान लेखनको काममा प्रगति नभएको भन्दै सानादलका नेताहरुले आपत्ति जनाएका थिए । भावी संविधानका शासकीय स्वरुप, राज्यपुर्नसंरचना, न्यायप्रणालीलगायत कयौ बिषयमा सहमति जुटन सकेको छैन ।


जनताको संविधान बन्न नदिए फेरि आन्दोलनमा जाने चेतावनी ।।
एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले जनताको संविधान बन्न नदिए फेरी आन्दोलनमा जाने चेतावनी दिनुभएको छ । जनसरकार र जनमुक्तिसेना विघटन भएपनि नयाँ संविधान बन्नेमा आशावादी रहेको बताउँदै उहाँले ४५ लाख युवाहरु विदेशिएका अवस्थामा युवाहरुलाई रोजगारी दिई स्वरोजगारी बनाउनुपर्ने बताउनुभयो । गजुरेलले अब बन्ने संविधानले सम्पूर्ण जनताको समस्यालाई समेट्नुपर्नेमा जोड दिनुभयो । आज सिन्धुलीमाढीमा भएको जनतासँग सभासद् भेटघाट कार्यक्रममा काङ्ग्रेस र एमालेले आफ्नो अडान नछाडेका कारण संविधान बन्न नसकेको आरोप पनि लगाउनुभयो । यस पटक पनि संविधान नबने जनताले म्याद थप्न नदिने बताउँदै जनताले नचाहेको संविधान बन्नुभन्दा नबन्नु नै ठिक रहेको टिप्पणी गजुरेलले गर्नुभयो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind