महिला रक्षक सञ्जाल गठन भएपछि काभ्रे शंखु पार्टीचौरका महिलाहरुमा पविर्तन
प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लाको शंखुपाटी चौर गाविसमा महिला रक्षक सञ्जाल गठन भएपछि महिलाहरुमा परिवर्तन आएको छ । पहिला सामाजिक कामहरुमा सहभागि नहुने महिलाहरु अहिले हरेक विकास निमार्णमा चासो र सहभागिता जनाउन थालेका छन् । सञ्जालले गाविसका महिलाहरुको क्षमता अभिवृद्धि बढाउन विभिन्न चेतनामूलक कार्यक्रमकासाथै आर्यआजका लागि सिलाइ, बुनाई जस्ता कार्यक्रम सञ्चालन गरेपछि महिलाहरुमा परिवर्तन आएको हो । त्यस्तै सञ्जालले आङखस्ने महिलाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर, सरसफाई सम्बन्धी तालिम सञ्चालन गर्दै आएको सञ्जालका अध्यक्ष सरु तामाङले बताउनुभयो । सञ्जालमा आबद्ध भएपछि महिलाहरु मदिरा सेवनले मानव स्वास्थ्यमा पर्ने असरका बारे सबैलाई बुझाउन सक्ने भएका छन् । सञ्जालकै सक्रियतामा गाविसका सामुदायिक विद्यालयका बालबालिकाहरुको स्वास्थ्य सुधारका लागि सचेतना अभियान समेत सञ्चालन भएपछि अन्य व्यक्तिहरु दगं परेका छन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind