हुण्डीमार्फत नेपाल ल्याउन लागेको लाखौ रकम सिन्धुपाल्चोकबाट बरामद ।।


प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
हुण्डीमार्फत चिनियाँ बजारबाट नेपाल पठाउन लागेको लाखौ रुपियाँ रकम सिन्धुपाल्चोक प्रहरीले हिजो बेलुकी अरनिको राजमार्गको बन्देउबाट बरामद गरेको छ । चिनियाँ व्यापारीले हुण्डीबाट पठाउन लागेको ४९ लाख नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको हो । चिनको लिपिङ बजारमा रेडिमेड कपडा पसल र काठमाडौमा होटल बेइजीङ सञ्चालन गर्दैआएका चिनियाँ नागरिक याङफुसीङलाई उनको श्रीमतीले नेपाली नागरिक फुर्णीमा शेर्पा मार्फत पठाउँदै गरेको रकम बरामद भएको प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो । तातोपानी–काठमाडौ सञ्चालन हुदैँ आएको बा ६ च ३७३४ नम्बरको निजी बोलेरोमा काठमाडौ ल्याउँदै गर्दा बेलुकी ६ बजे बन्देउ अस्थायी प्रहरी चेक पोष्टले गाडी चालक काभ्रे सापिङका दलबहादुर श्रेष्ठ र चिनियाँ नागरिकका सहयोगी सहित रकम बरामद गरेको थियो । अरनिको राजमार्ग भएर काठमाडौबाट नेपाली पैसामात्र होइन अमेरीकी डलर समेत यस अघि पटक–पटक हुण्डीमार्फत कारोबार हुने गरेको छ । केही वर्ष अघि हुण्डी मार्फत करोडौ अमेरीकी डलर चिन पु¥याएको अभियोगमा सिन्धुापल्चोक फुल्पिङकट्टी गाविसका नारायण पौडेललाई राजश्व अनुसन्धान विभागले प्रक्राउ समेत गरेको थियो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलाउनु पर्ने र थप अनुसन्धानका लागि राजस्व कार्यालयलाई बुझाउने प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind