काभ्रेमा १ सय ४१ जना द्वन्द्वपीडित परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण शुरु ।।
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लामा यो वर्ष १ सय ४१ जना द्वन्द्वपीडित परिवारका विद्यार्थीले छात्रवृत्ति पाउने भएका छ । जिल्ला शिक्षा कार्यालय काभ्रेका अनुसार शैक्षिक सत्र २०६८÷०६९ का लागि मन्त्रालयमा सिफारिस गरी स्वीकृत भएका १३ जना विस्थापित र १ सय २८ जना द्वन्द्वमा परि अभिभावक गुमाएका परिवारका छोराछोरीलाई छात्रवृत्ति वितरण शुरु गरिएको छ । गत वर्ष मन्त्रालयले आवश्यक रकम नपठाइ दिदाँ १ सय जना विद्यार्थीलाई जनहि दुई–दुई हजारका दरले वितरण गरेको कार्यालयले यो वर्ष भने प्रावि तहलाई १०, निमावि तहलाई ११ हजार छात्रवृत्ति दिइएको शाखा अधिकतृ शान्तिराम पौडेलले जानकारी दिनुभयो । त्यस्तै मावि तहका लागि १२ हजार र उच्च माध्यामिक तहमा अध्ययन गर्ने छात्राछात्रका लागि १४ हजार वितरण गरिएको छ । नेपाल सरकारले प्रावि तहमा १० हजार, निमावि तहका लागि १२ हजार, मावि तहलाई १४ हजार र उच्च माध्यामिक तहका लागि १६ हजार प्रतिव्यक्ति छात्रवृत्ति रकम उपलब्ध गराउँँने निर्णय गरेपनि १ लाख ११ हजार रकम अपुग भएकाले सरकारी नियम अनुसार वितरण गर्न नसकिएको कार्यालयले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक काभ्रेको तथ्याङक अनुसार जिल्लामा ६ सयका हाराहारीमा द्वन्द्वपीडित बालबालिका रहेका छन् । द्वन्द्वमा बेपत्ता तथा मृत्यु भएका र जिल्ला प्रशासन कार्यालयबाट राहत स्वरुप १ लाख लिएका परिवारको बढीमा ३ जना सन्तानलाई छात्रवृत्ति बापतको रकम दिइने व्यवस्था गरिएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind