७ जनाको क्षमता भएको चौतारा कारागारमा ८३ जना कैदी बन्दी ।।


प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक

७ जनाको क्षमता भएपनि सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको जिल्ला कारागारमा ८३ जना कैदीबन्दी राखिएको छ । कारागार भवनमा ८३ जना कैदीबन्दीहरु कोचिएर बस्दा जेल सुधार गृह नभएर यातना गृहमा परिणत भएको छ । जेलमा हुनु पर्ने न्यूनतम सुविधा समेत उपलब्ध नभएपछि बन्दीहरु निकै समस्यामा परेका छन् । खानेपानी, विजुली, सुत्नका लागि कोठा, शौचालय लगायतका आधारभूत सुविधा कारागार शाखाले उपलब्ध गराउन नसकेको ३३ महिनादेखि चौतारा कारागारमा बस्दै आएका थुम्पाखर गाउँ विकास समितिका कैदी कुमार लामाले गुनासो गर्नुभयो । कैदीबन्दीहरु साघुँरो भवनमा कोचिएर बस्दा पटक–पटक विरामी हुने गरेको जेलर रमेश घिमिरेले जानकारी दिनुभयो । १४ महिनामा निर्माण सम्पन्न गर्नु पर्ने गरी ठेकेदारलाई निर्माण कार्यको जिम्मा दिएपनि ४७ महिना बित्तिसक्दा पनि कारागार भवन निर्माण नभएपछि यस्तो समस्या आएको हो । शान्ति मन्त्रालयको २ करोड १६ लाख रुपैयाँमा सहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेले २०६५ असारबाट निर्माण सुरु गरेको थियो । कारागार निर्माणको जिम्मा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य धर्मराज भण्डारीको सुनौलो खिम्ती निर्माण कम्पनीलाई दिइएको थियो । निर्माणधिन चौतारा कारगारमा महिला र पुरुष कैदीबन्दीहरुका लागि छुट्टा छुट्टै भवन निर्माण सुरु गरेपनि पुरुष बन्दी बस्ने भवनको थोरै मात्र काम गरिएको कारागारले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind