काभ्रेमा खुल्ला कारागार निर्माण प्रक्रिया अलपत्र ।।


प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक

नेपाल सरकारले ल्याएको खुल्ला कारागार निर्माणको अवधारण काभ्रेपलाञ्चोक जिल्लामा अलपत्र हुने देखिएको छ । गृहमन्त्रालयले १ हजार जना सम्म कैदी बन्दी अट्ने सुविधा सम्पन्न खुल्ला कारागार निर्माणका लागि परिपत्र जारी गरेपनि सार्वजनिक जग्गा नपाउँदा कारागार निर्माण प्रक्रिया ओझेलमा परेको हो । परिपत्र अनुसार अहिले सम्म उचित जग्गा खोजिरहेको भएपनि कतै नपाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला कारागारको आफ्नै जग्गा नहुनु, खुल्ला कारागारको लागि २० देखि २५ रोपनी सम्म सार्वजनिक जग्गा आवश्यक पर्ने र व्यक्तिगत जग्गा गरिदका लागि परित्रपमा केहि उल्लेख नगरिएका कारण समस्या भइरहेको प्रमूख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले बताउनुभयो । प्रशासनको निर्देशन अनुसार जिल्ला नापी र मालपोत कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले पाँचखाल, साँगा भञ्ज्याङ लगायतका स्थानहरुमा जग्गाको अवलोकन गरेपनि उचित नभएपछि आवश्यक कुनै कार्य अगाडि बनाउन नसकिएको सहायक प्रमूख जिल्ला अधिकारी महेश भट्टराईले जानकारी दिनुभयो । हाल जिल्ला कारागार काभ्रेमा मात्रै दोब्बर कैदी बन्दी रहेका छन् भने देशभरका कारागारहरुको अवस्था दयनीय बन्दै गइरहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind