जेठ १४ भित्रै संविधान आउँछ ः मन्त्री रायमाझी ।।

प्रकाश सुन्दास, रेडियो नमोबुद्ध, काभ्रेपलाञ्चोक

स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले जेठ १४ भित्र संविधान आउने बताउँनुभएको छ । संविधान लेखनको सबै काम सकिसकेकाले सार्वजनिक गर्नमात्रै बाँकी रहेको बताउँदै उहाँले संविधान निर्धातिर समयमै आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । जिल्ला विकास समिति सिन्धुपाल्चोकको १९ औँ जिविस परिषद् उद्घाटन गर्दै मन्त्री रायमाझीले शान्ति प्रक्रियाले गति लिइसको दाबी गर्दे यहि सरकारले सबै काम पूरा गरेर छाड्ने ठोकुवा समेत गर्नुभयो । यसैबीच जिल्ला विकास समिति सिन्धुपाल्चोकको आर्थिक वर्ष २०६९÷०७० को अनुमानित बजेट २ अर्ब, ४७ करोड, ४३ लाख, ४३ हजार, २ सय रुपियाँ हुनेभएको छ । जिविस सञ्चालन ऐन २०४८ अनुसार आज भएको १९ औँ जिविस परिषद्मा स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले सिन्धुपाल्चोकको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो । नीति तथा कार्यक्रममा कुल चालु खर्च तर्फ १ अर्ब, ४३ करोड, ५६ लाख, ५३ हजार ७ सय र पूजीँगत खर्च तर्फ १ अर्ब, ३ करोड, ८६ लाख, ४९ हजार ५ सय विनियोजन गरिएको छ । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ हजार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सडक, विद्युत्, शिक्षा, खानेपानी, सिचांई जस्ता योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको छ । त्यस्तै महिला, बालबालिका तथा लक्षित वर्गहरुलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind