डा. बाबुराम भट्टराइ र नारायणकाजी श्रेष्ठ लाई पत्र:

यो तलका कुराहरु मैले नेपालका सबै अखबारमा छाप्न मिल्ने भए छापिदिनु भनेर लाख अनुरोध गरे होला तर कुनै पत्रिकाले पनि बाल मतलब पनि गरेनन। 


मेरो नाम सुदन ढकालघर जौबारी गोरखा। जतिपनि मेरो यी गुनासाहरु छनयो मेरो जिबनकालको परिधिभित्र भोगेको र देखेको साना तिना घटनाहरु हुन। पात्र jf ठाउ फरक हुन सक्दछ धेरै नेपालीका  यस्तै प्रकारका समस्या हुन सक्छन जसलाइ परिमार्जन गर्न जरुरी छ। हुजुरहरुले मलाइ चिन्नु हुन्नसोदीखोजी फलानाको नाती,छोरा भन्यो भने सायद। खैरयो कुरा ठुलो भएन। मामाघर लुइटेल भएकोले म पनि केहि बर्ष अमर ज्योति जनता मा.बि मा पढेको थिएF। बुबाआमा हजुर संगै पढ्नु भएको हो।तपाई पढाइमा सधै प्रथम  हुनुहन्थ्यो रे। तपाईको स्कुले जिवनका गतिबिधी लबाइ,खुवाइबोलाईइत्यादीको प्रसंग आउदा बुबा आमाले सबै कुरा भन्नु हुन्छ। म निकै चाख लिएर सुन्ने गर्दछु। पछिलुइटेलबाट बुबाले मेरो जन्म घर जौबारी लिएर जानु भयो। परोपकार आb{z  मा. बि बाट एस.यल.सी पास गरें। नारायणकाजी श्रेष्ठले पनि जौबारीबाट एस.Pल.;L  गर्नु भएको हो। pहां पनि हजुर जस्तै सधै प्रथम, प्राय धैरै कुरा उस्तै। सायद धेरै नेपालीहरुलाई यो कुरा थाहा नहुन पनि सक्दछ। तपाईहरुले मलाई धेरै गुन लगाउनु भएsf]  छ। सानैदेखी तपाईहरुबारे थाहा भएकोले सिको गर्दै तपाईहरुलाई आदz{ ब्यक्तित्व मान्दै म पनि पढाईमा सधै प्रथम नै भए। अझआमाले भन्नु हुन्छ, नारायण त हाम्रो परिवारको लागी भगवान नै होभाईलाइ निमोनिया भएको बेला जौबारी हेल्थ पोष्टमा नारायणकाजी श्रेष्ठ एच. ए  रहदा हजुरको स्वाथ्य कुशलताको कारण भाईको नबजिबन मिलेको हो। नेपाली जनताले पनि तपाइहरुलाई चुनाबमा जिताएर गुन लगाएकै हो। तरआजसम्म आइपुग्दासम्म तपाइ{हरुलाई बिश्वाश गर्ने खासै ठाउं भने देखिदैनहजुरहरुले नेपालीलाई माओबादी पार्टीका कार्यकर्ता जस्तो सोच्नु हुदैन। “एकचोटी माओबादीलाई पनी हेरौ न” भन्ने आधारमानै ठुलो जनमत प्रात भएको कुरालाई तपाईहरुले कदापि बिर्सीनु हुदैन। कुनै बेला नेपाल कांग्र]समय र एमालेमय पनि भएको थियो। तपाईहरुको पार्टी र सरकारको लोकप्रियता एकदम कम भैरहेको जस्तो भएको छ।हतियार भन्दा कलम ठ"लो भनेजस्तो तपाईको पार्टी भन्दा पनि तपाईहरु जस्तो बिद्वान नेता यो पार्टीमा हुनुहुन्छ, आफैमा पनि अनुसासित हुनुहन्छ र देशलाई केही गर्नु हुन्छ भन्ने बिस्वासका कारणलेनै अबसर दिइएको हो। मेरो परिबार बाट मात्रै फर्जि २५ भोट जति जौबारीबाट बाबुराम अंकललाई गएको छ । जबकि, हामी सपरिबार काठमान्डौमा बस्दछौ। मतदाता भन्दा पनि बढी मत हुने स्थिती थियो। l बाठो लड्छ दश बल्ड्याड. लाटो लड्छ एक बल्ड्याड. भनेजस्तो तपाईहरुले चलाएको यो सरकार ईतिहासकै भद्रगोल र नालायक सरकार जस्तो देखिएको छ। समस्या नै समस्या। अचाक्ली धेरै मन्त्रीहरु त्यसमा पनि कुनै न कुनै अभियोग लागेकाहरुछबी बिग्रेकाहरु, अझ सामाजिक सद्बभाब,राष्टिय अखन्डता र एकताका बिरुद्द अभिव्यक्ती दिइरहने मन्त्रीहरु,बहालवाला मन्त्रीहरु भ्रष्टचारको अभियोगमा जेल जाने क्रम बढ्दै जानु, हत्याराहरुको सजाय माफीको फाईल बोकेर न्यायलय धाइरहने, सहनै नसकिने ईन्धन र लोडसेडिडको समस्या । प'र्ब राजाहरुका शालिक सार्दै हिड्ने जस्ता गतिबिधी अनि हालै सगरमाथा आरोहण को लागी भनेर प्रचन्ड पुत्रका केही ठिटा जत्थालाई ठुलो रकम निकासा गर्नु।तपाईको सरकारले गरेका धेरै निणयहरु उल्टीदै जानु ले राजनितिक अपरिपक्कता प्रष्ट झल्किन्छ। 


२०५२ -२०६२ साल कै बिचमा सबैजसो देशमा प्रबिधी र आर्थीक बिकाश भएको हो,मुख्य समयमा नै तपाइहरुले शुरु गर्नु भएको जनयुद्दलेदेश आर्थिक बिकासमा धेरै तल पर्यो। अहिलेपनि राहतशहिद परिबारलडाकुपुन-संरचना ईत्यादि को नाममा राज्यले अरबौ खर्चिनु परेको छ। अझ तपाईको पार्टीका कार्यकर्ता वाइ.सि.एल लाई भत्ता र राहत दिने कुरा आएको छ।सरकारीकम्पनीहरु घाटै घाटामा चलेकोले अनुदान दिइरहनु परेको परिस्थति छ। उधोगधन्दा न्युन भएर गएको छ। तपाई एउटा सफल Architecture पनि हुनुहन्छ । तपाईको सरकारको निर्देशनमा काठमाडौंका बाटाहरु ब्यबस्थित हुदैछतपाईको बौदिकता र कुशलता केही देखिने खालको   तर मिठाई पसल र भात होटेल को अनुगमन जस्तो सस्तो लोकप्रियता मै सिमित हुनभएन , निरन्तरता पनि हुनुपर्दछ।


राज्य पुनर्संरचना सुझाव आयोगn] दिएको प्रदेशको नमुना कसरी हित गर्ने खालका छन?हामीलाइ जातिय प्रदेशको नाम आबश्यक छ या भएकै नाम चित्त बुझ्दो र ब्यबहारिक छ। मान्छे खराब भयो भनेर, नया मान्छे खोज्ने होइनउसमा भएको राम्रो पक्षलाई प्रयोग गर्दै, नराम्रो पक्षलाईचाही सुधार गर्दै लैजाने हो। यसमा राजनितिक भागबन्डाकै गुन्जायस देखिन्छ। संघीय सासन प्रणाली आबश्यक छ। संघियता र जातियता फरक कुरा हुन सक्छन तर ब्यहारमा मा जातिय राज्य नै हो भनेर सारा नेपालिले बुझेका छन। हाल नेपालमा भएकै १४ अंचलकै नामबाट प्रदेश बनाउदा के समस्या पर्छकति दुरगामी सोच,मेची,कोशीमहाकाली,गन्डकी....हरेक जातका मान्छे मिलेर यहि नदिको पानी खान्छन। मिलेर बसेका नै थिए। सगरमाथालुम्बिनी,जनकपुर... हामी सबै जाती बर्गको शान। यो नै सायद बैज्ञानिक र सबैको साझा हुन पनि सक्दछ । बरु,सिमाना संशोधन गर्नु पर्ने हुन सक्छ ,किनकी आज हामीसंग प्रबिधी पनि त छ।जातियताको बिजारोपण गरि सक्नु भएको छ। हरेक जात भित्र पनि थर छजसको आफ्नै इतिहासमहत्ब र योगदान छ। नेपालकाहरेक गा.बि.स को नाम यिनै थर को नाम बाट राखी दिए सायद बिरोध नै आउदैन थियो होला। हास्यसपद रुपमै हेर्दा पनि यो नै न्यायोचित र ब्यबहारिक देखिन्छ। छोरीलेपापा तपाईले मलाई गोरखा कहिले लाने भनेर सोधिरहन्छे। अब उसले मगरात या ताम्सालिड  कहिले लाने पापा भनेर बोलाउनु पर्ने हो?समयको परिवर्तन भौगोलिककरण संगै दलित भेदभाब आफै उल्मोलन हुदै गएको अबस्थामा दलित प्रदेश राख्ने कुरा आएको छ, नेपालमा दलित अझै छन भनेर बिश्व सामु फेरी देखाउन खोजिएको हो? राणाहरुले आफ्नै लागि भएपनि प्रबिधी समय सापेक्षिक बिकास गरेको देखिन्छ  

राजाहरुको शासनकालमा पनि बिकास नगरौराजमार्ग नबनाऔ भनेका त थिएनन्।पछीका साशकले उत्तर- दक्षिण राजमार्ग मात्रै बनाएका भए हिमालका मान्छे छिनभर मै तराइ गएर चामल किनेर फर्कन सक्थे। तराईबासी छिनभर मै हिमाल हेर्न जान सक्थे। आज जात र भुगोलको यत्रो ठुलो खाडल बन्ने नै थिएन।


तपाइहरु सयौ पटक बिदेश भ्रमण गर्नु भएको होला । म पनि सयौ पटक बिदेश भ्रमण गरेको छु। म जस्ता धेरै नेपालीले भ्रमण गरेका होलान। जे सिकेर हामीहरु आएका छौ त्यो सायद तपाइहरुले सिक्नु भएको छैन जस्तो लाग्छ। सिकेर आउने बेलामा जंगल तिर जानु भयोबांकी समय किताब कै किरो हुनुभयोअहिले तपाइहरुको बिदेश जाने ढोका र तरिका नै फरक छ ।फुलमाला बिदाई,बिदेशमा कुटनैतिक स्वागतपांचतारे होटेल मा रात्रीभोज , हात मिलाइ फोटो। नेपाल फर्केपछी स्वागतगेटमा पत्रकार माइक लिएर  भ्रमण कस्तो भोभ्रमण सफल भयो। भोली पल्ट अखबारको पहिलो पृष्ठमा  मा समाचार।जनता भएर बिदेश जानुहोस नेपाल एयरपोर्टमा के हुन्छ सबै थाहा लाग्छ। पहिलो चोटी बिदेश जानेको के हालत हुन्छ ।  Boarding Pass लिइसकेको छ अध्यागमनको मान्छेले सोझो र कमजोरीपनको फाइदा उठाउदै टिकट कन्फम  भएन भन्छउसको काम एयरलाइन्सको सिस्टम हेर्ने हो?कतार जाने यता लतारयो कस्तो बोली होबिदेश बाट फर्केर आउदा घर परिवार लाई ल्याइदिएको सामग्री खोतलेर तितरबितर बनाइदिन्छन बिदेशी रुखबाट टिपेर उनिहरुकै लागी ल्याइदिएको जस्तो। एयरपोर्ट का कर्मचारीको पोशाक राख्ननु पर्ने होइन रजो सरकारी सुबिधामा बिदेश जानुहन्छ ,उनिहरु किन जान तम्सछन् । के सिकेर आउछन त्यो मलाई राम्ररी थाहा छ। थाईल्यान्णमा अबस्थित नेपाली राजदुताबासमा मेरो पुर्ब सभामुख तारानाथ रानाभाटको दमपमति संग भेट भएको थियो। कहा गएर आउनु भएको अंकल भनेर सोध्दा दक्षिण कोरिया गएर आएको, एकनाथ ढकालको संस्थाले पठाउनु भएको भन्नु भयो ( हाल वहांनेपाल परिबार दलको तर्फबाट समानुपातिक कोटाको मा.सभासद हुनुहुन्छ) अनि कुन कार्यक्रममा भनेर सोधे। खै थाहा नै भएन बाबु। (Family Federation for World Peace) जुन संस्थामा म पनी धेरै बर्षसम्म आबद्द थिए। स्व. मनमोहन

अधिकारी,स्व.कष्ण प्रसाद भट्टराई,शेर बहादुर देउवा जस्ता नेपालका सबै पार्टीका सयौ नेताहरु  यो संस्थाबाट गइसक्नु भएको छफर्केर कहिल्लै पनि संस्था को बारेमा बोलेको सुनिएन , कुन कार्यक्रममा जानु भएको हो वहांहरुलाइ थाहा नै छैन । आखिर के नै बोल्नेइन्टेन्सन खाली आफ्नो परिवार लान खोज्ने,घुम्ने रहर मात्रै हुदो रहेछ।

तपाईहरुले ल्याउनु भएको सबै योजनाहरु अपरिपक्क देखिन्छ,पर्यटन भ्रमण बर्ष २०११ जस्तो हावादारी कन्सेप्ट  ल्याउनु पहिले गृहकार्य गर्नु पर्र्थयो । गतिबिधी चाही राष्टिय महोत्सबको गर्ने।२०११ लाइ राष्टिय भ्रमण बर्ष बनाएर २०१२ लाइ अन्तराष्टिय भ्रमण बर्ष बनाएको भए २०१२ को लागी  अभ्यास पुग्थ्यो। भनिन्छमान्छेको लवाइ हेर्दैमा मान्छे कस्तो छ थाहा हुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट निस्केपछी गाडीको ब्रेक लागेन भने सीधै सेकुवा पसलमा पुगिन्छ। मोडमै नाड.ले चुरोट पसल देखिन्छ। बिदेशहरुलाई आएकै दिन के छाप पर्लात्यत्रो १ अरब उडाएर के चाही भयो ? म पर्यटन ब्यबसाय मा आबद्द छु। मलाई र मेरा बिदेशी पाहुनाहरुलाइ कुनै अनुभुति नै भएन। पर्यटन बोर्डमा गएर म आफनो काममा बिदेश जादै छु,पर्यटन भ्रमण बर्षको प्रब्रधन गर्छु ,केहि सहयोग गर्नुहोस भन्दाहामीलाई पनि लैजानु पर्छ भने। ठिकै छ, केहि पर्चा भए पनि दिनोस भन्दा ,सकिएको छ रे। ठमेल नेपाल आउने पर्यटकको ट्रान्जिट पोइन्ट होयहिबाट पर्यटकहरु नेपालभरि छरिन्छन। दुई कील्लामा रहेको सरस्वती र अस्कल कलेज,पर्यटन छेत्र बन्द गर्नकै लागी भनेर राखेको गार्ड जस्तो भएको छ । यी कलेजहरुलाई अन्यत्र सार्नु पर्ने अबस्था आएको छ किनभने यहां पढाइ पनि हुदैनब्यबसायीक ठाउंमा पठन-पाठनको संस्था राख्नु उचित हुदैन। हरेक पर्यटन क्षेत्र नदिसमुद्र,ताल वा ऐतिहासिक स्थानको नजिक हुने मान्यता राख्दछ। हाल भएको ठमेल छेत्र समय सापेकछीक हेर्दा ठाउ सार्नु पर्ने पनि देखिन्छ।


नेपालीहरुले अरु देशको दांजोमा सबारी साधनको खरिद, सेवा र ईन्धनमा अत्याधीक कर तिर्ने गर्छन । कुनैपनि सडक स्तरीय छैनन। सडक नियम र सभ्यताको त कुरै छोडौ। अस्ती मात्र मेरो एकजना बहिनी लगायत तिन जना छात्रा लाइ बनस्थलीचोकमा ट्याड.करले हानेर सिकिस्त बनाएको छ । ब्याक गरेर मार्न लागेको रहेछस्थानीय बासिन्दा ले तानेर बचाएछन्। किचेर मारेको भए २५ हजार र केहि महिना जेल बसेमा छुट्ने रै छबांचेमा चालक पक्क्षको घर खेत नै जाने रै छ। हाल उनिहरु जन-मैत्रि अस्पतालमा छन। गाडी धनीको दुइ लाख खर्च भै सकेको छऔसधि उपचार जति लागे पनि उसैले बहोर्ने रै छ। कानुन यस्तो छ। जनमैत्रि अस्पताल माओबादिको हो रे मैले सुनेको। खैर ,मलाई यो कुरा मतलब भएन। अस्पताल हेर्दा बाल्टिमोर को जोन हप्किन अस्पताल जस्तो सुबिधा सम्पन्नठुलोशान्त,सफा लाग्यो तर बिडम्बना ,डाक्टरनर्सकर्मचारी कोही नहुदा रैछन।अस्पताल भनेको त दुइ तिन आने घरमा बनेको केहीपनि Infrastructure नै नभएको घरमा पो हुने रहेछ 


पेट्रोल,डिजेल नभइ गुजारा गर्न सकिएला तर खाना पकाउने ग्यास नभइ बाच्न नसकिने अबस्था भएको छ । किन खाना पकाउने ग्यासलाइ छुट्याएर छुट्टै अंग नबनाउनेब्यबहारीक बिकल्पको कुनै गृहकार्य  गर्नु भएको छैन। दिर्घकालिन कुनै योजना छैन। बिर्धा्थी आन्दोलनलाई थामथुम पार्न, बिर्धा्थी र गरिबलाइ छुट्टै सहुलियत मुल्य ब्यबस्था गर्न लाग्नु भएको छ। यो कुरा सुन्दा ठीकै लाग्छ। बितरण कसरी  ब्यबस्थापन गर्ने ? नागरिकता ब्यबस्थापन गर्न नजानेर टाउकोमा हात राखेर बस्नु भएको छ। को को बिधा्थी ? म महिनाको २ लाख कमाउछु रे ,यो त उदाहरण मात्रै भनेको हो मैले । मेरा भाई/ बैनी ४-५ जना बिधा्थी छन घरमामेरो आमा ६० बर्षको हुनुहुन्छ,म आमालाई कुनै सरकारी क्याम्पस मा लगेर भर्ना गरीदिन्छुपरिचय पत्र प्रात गर्नको लागी। कसैले रोक्न त सक्दैन होला बिधा्थी बन्न र परीचय पत्र लिन।सरकारी बिधालयमा पढ्नेललाई मात्र यो सुलियत दिने ब्यबस्था मिलाउनोस यो नै सबैभन्दा व्यबहारीक र न्यायपुर्ण हुनेछ।चुनाब अगाडि तपाई र तपाईको पार्टीले अंग्रेजी स्कुलको बिरोधमा धेरै बोल्नु हुन्थयो । अंग्रेजी स्कुलको नाउमा स्कुल माफीयाहरुले लुटीरहेकाछन। बास्तबमा नेपालमा दुइ तिन वटा मात्रै अंग्रेजि स्कुलहरु छनबांकी सबै  अंग्रेजी माध्यम स्कुलहरु हुन जसमा अधिकांस ग्रामीण क्षेत्रबाट अध्यन गरेकाले  न्युन तलब भत्तामा पढाउने गरको देखिन्छ। अंग्रेजी स्कुल चलाउन कम्तीमा चार पांच जना Native Teacher Hire गर्नु पर्ने अन्तरास्टीय मान्यता हुन्छ।


नेपालमा धेरै बिदेशी (Money Transfer Company) हरु पैसा कमाइरहेका छन। Money Receiver Company  हुनु पर्ने होइनजब किएक पैसा पनि पैसा पठाउनु मिल्दैन नेपाल राष्ट बैक मा कारण खुलाएर कागजी प्रकिया पुरा गर्नु पर्ने हुन्छ। मान्छे बिदेशमा अलपत्र छकता कागजी प्रकिया मिलाउन जानेन्युनतम रकम पठाउनु पाउनु मानब अधिकार हुनुपर्ने होइन?  कुनै पनि सेवा ब्यबहारिक हुनु पर्दछ। आज अरबौ रुपुया हुन्डिको नामबाट बिदेश गइरहेको छ। नेपालका प्रसासनीक कर्मचारीले कति समय सरकारी कामकालागी  दिएका छन, जातै पिच्छे उस्तै प्रकारका सार्बजनिक बिदाले देशलाई धेरै तल धकलेको छ। हाम्रो जस्तो ऋितु परिबर्तन भइरहने देश मा डे लाईट Saving को ब्यबस्था गर्नु पर्ने नितान्त आबश्यक छ ,यसको बारेमा तपाई जस्तो बिद्बानलाई थाहै हुनु पर्ने हो।


हरेक देशको मुद्रामा कोहि न कोही ब्यक्तित्वको तस्बिर हुने गर्दछजसले सिडो देशको परिचय दिन सक्दछ। हाम्रो मुद्रामा कोहिपनि ब्यक्तित्वहरुको तस्बिर छैन। नेपालमा आजसम्म कोहि साझा मान्छे नै जन्मेका छैनन र ? गौतम बुद्द ,पृथि नारायण शाहलक्ष्मी प्रसाद देबकोटाबि. पि कोइरालानेपालका बैजानिक, शहिदआदीकोयोग्यता नपुगेको हो रहिजडा र मुरकुट्टा जस्तो हुन्छ त मुद्रासगरमाथा को चित्र राखीएको छ। सगरमाथालाई ईज्जत गरिएको होहजुरहरु ब्यक्तिगत तरीकाले कहिल्लै जानु भएको छ सगरमाथा को फेदीमानेपालीहरु आज घुम्नको लागी भारतको गोवाथाईल्याण तिर दौडन्छन। कति नेपालीले सगरमाथा देखेका होलानसबै नेपाली जान सक्ने वाताबरण को सोच बनाउनु भएको छ ? सरकारी सुबिधाको खर्चमा जाने , पर्यटक र पर्यटक सहयोगीले मात्रै हेर्ने हो सगरमाथाबिदेशमा कसैले Where are you From भनेर  सोधेको थियो I am from Nepal भने। Are you Sherpa? Mountain? भन्यो । सारा हिमाल र शेर्पा जातिले नेपालको पहिचानको प्रतिनिधित्व गरेको जस्तो लाग्छ। शेर्पा प्रदेश भनेर सपना बाड्दै हिन्नु भो अब के दिनुहुन्छकस कसलाई के के दिनु हुन्छबाहुन र छेत्रि लाई चाही केहि नदिने ? उनिहरु चाहि बुझक्कारी र ज्ञानी हुन ?तपाईहरुको किर्याकलाप हेर्दै जादा पुर्ब राजाहरुसंग सम्बन्धीत हरेक कुरामा पनि बढी ईगो आकर्षण  समय खर्चेको देखीन्छ।

हाम्रो राष्टिक पोशाक के होतपाईले लगाउने गरेको सुट बुटमा कालो टोपी इन्डोनेसियाको पोशाक हो। ढाका टोपीले अलग्गैछट्टै पहिचान बोकेको थियो। राजाहरुले लगाउने भएर ढाका टोपीको मौन तिरस्कार गर्नु भएको होत्यो कालो भादगाउले टोपी पनि स्व राजा दिपेन्द्र ले औधी मनपराएर लगाउथे।प्राकृतिकरुपमा नै सबै देशका मान्छे नियम कानुन पालना गर्न नपरोस भन्ने खालका नै मनस्थिका बोकेका हुन्छन। नियम कानुन पालना हुनलाई कडा निर्देशन र कडा कानुन नै चाहिन्छ। हामीनै नेपालीहरु बिदेशमा बस्दा १ ईन्च पनि नियम कानुन मिच्न डराउछौ,अबसरबाट बन्चित हुने डरले । कडा कानुनकै कारण पछि गएर नियम पालना गर्ने सभ्यतामा रुपान्तरण भएर जानेछ। सरकारी सस्थाहरुमा सेवाका लागी जादां कर्मचारीहरु रुष्ठ देखिने, समयमा नदेखिने ,सेवाग्राहीको कहा र कसरी कमजोरी देखाउन सकिन्छ भने मानसिकता मा बढी ध्यान केन्द्रित भएको देखिन्छ। न्यायका लागि प्रहरी को मा जांदा आफै झन्जटमा फस्न गएको अनुभुति हुन्छ। पृथि नारायण शाहका एकजना ज्योतिस (खडानन्द ढकाल) जसले भनेका थिए नुवाकोटमा अहिले हमला नगर्नु सन्तान पिर्छ भनेका थिए नभन्दै पृथि नारायण शाहका भाइको मृत्यु हुन गयो। नेपालको राजधानी ललितपुरमा राखे राजा पिर्छभक्तपुर मा राखे जनता पिर्छ काठमाडौंमा राखे काजी पिर्छ भनेका थिए। यो सुनेपछि राजा रिसाएर ज्योतिसी पन्डीत लाइ लमजुड. राइनास कटाएका थिए। यो कुरा जंग बहादुरलाई थाहा थियो। अनि श्री ३ को रणनितिले सयौ बर्ष राज गरे। त्यहि भएर पनि आजकुनै पनि प्रधान मन्त्री ५ सम्म पनि टिक्न सकेको छैन भन्ने जनबिश्वास ताजै छ।अब नेपालीहरु धेरै कुरा गर्ने नभइ धेरै कुरा
बुझ्ने र जान्ने भइसकेका छन। एउटा बिपन्न बर्गको मान्छेले पनि  बिदैश देखेको छ। कसरी खानेलाउनेत्यहाको सभ्यतात्यहाको मानब अधिकारको स्थिती , भौतिक बिकाश ईत्यादी देखेर
आएका छन र यहा आएर तुलना गर्दछन। १४-१५ बर्ष को आफ्नो उमेरको अनुभब,देखेकोसोचेको कुराआजका १४-१५ बर्ष बच्चा संग तुलना गरेर हेर्नुहोस कति अगाडी भै सकेका छन आजका बालबालिका।

साना तिना कुराहरुले पनि ठुला महत्वपुर्ण परिबर्तनको भुमिका खेल्दछ। होलातपाईहरुको बौदिकता ले अप्रत्क्क्ष रुपले समग्र राष्ट लाई फाईदाको काम गर्ला तर बिश्वास गर्ने आधार देखिदैन। हामीलाई प्रत्क्क्ष असर गर्ने खालको परिबर्तनको चाहिएको छ। नेपाल र नेपाली लाई ब्यबहारिक कानुन ,सुसासनआर्थिक बिकाश,रोजगार सुरक्छा र शान्ति चाहिएको हो।

By:-sudan_53@yahoo.com

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind