सैनिक मञ्चमा घोडे जात्रा सम्पन्न(फोटोफिचर)


काठमाडौको टुँडिखेलमा घोडेजात्रा मनाइएको छ । टुँडिखेलको सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा. रामवरण यादवको समुपस्थितिमा घोडेजात्रा २०६८ भव्यताकासाथ सम्पन्न भएको हो ।   
मृत आत्मा रहेको र यसलाई घोटाको टापले कुल्चेर धपाउन सकिन्छ भन्ने मान्यतामा हरेक चैत कृष्ण औँशीका दिन घोडे जात्रा मनाउने गरिन्छ । टुँडिखेलमा रहेको मृत आत्माले वालवच्चा र अन्य मान्छेहरुलाई दुःख दिन थालेपछि घोडेजात्राका दिन घोडा कुँदाएर धपाईएको साँस्कृतिक मान्यता छ ।

मृत आत्मालाई लखेट्न सफल भएको दिनको सम्झनामा काठमाडौ उपत्यकाका तीनै जिल्लामा फरक फरक तरिकाले घोडेजात्रा मनाईन्छ । सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले अश्वकला, अश्व दौड लगायतका प्रदर्शनी गरेर जात्रा मनाउँछ ।
समारोहमा नेपाली सेनाले विभिन्न घोडचढी कलाकौशल प्रदर्शन गरेको थियो । घोडा दौडमा उत्कृष्ट प्रदर्शन गर्ने विजेतालाई नेपाली सेनाले पुरस्कृत गरेको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक अंगका प्रमुखहरु तथा मन्त्रीहरुको सहभागित थियो ।
सैनिक मञ्चमा सम्पन्न घोडे जात्राका केही तस्बिरः








0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind