आज विश्व पानी दिवस नेपालमा पनि मनाइदै ।।



आज मार्च २२ अर्थात बिश्व पानी दिवश मनाइदैछ । पानी दिवसको अवसर नेपाल खानेपानी सस्थान र सरोकारवाला संघसस्थाले विभिन्न् कार्यक्रम गर्दैछन् । काठमाण्डुको डल्लुआवास क्षेत्रमा अहिले बिहान खानेपानी दिवसका अबसरमा कार्यक्रम गरिदैछ ।  गर्मी यामको सुरुवातसँगै खानेपानी आपूर्ति घट्दा उपभोक्ता काकाकुलको नियति भोग्न बाध्य छन् । काठमाडौं उपत्यकामा दिनप्रतिदिन हाहाकार बन्दै गइरहेको खानेपानी आपूर्तिलाई सहजता गर्ने एक मात्र दरिलो स्रोत भूमिगत जलस्रोत भए पनि त्यही स्रोतको उचित व्यवस्थापन हुन नसक्दा अहिले स्थिति भयावह बनेको छ । काठमाडौं उपत्यकाको भूमिगत पानी व्यवस्थापन वोर्डको आर्थिक वर्ष २०६५÷०६६ को आँकडा अनुसार अहिले उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग भएकोमा मात्र १३ करोड पानी आपूर्ति भइरहेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind