अण्डकोष को दुखाइ
म २२ वर्षीय युवक हुँ। पहिले १ घण्टाजति हिँडेपछि मेरो अण्डकोष दुख्थ्यो। अहिले अरू बेलामा पनि दुखेको अनुभव हुन्छ। यो कस्तो यौन समस्या हो ?
अण्डकोष किन दुखेको होला ?
अण्डकोष (अण्डाशय) पुरुषमा भएको एक प्रमुख प्रजनन अङ्ग हो र यसले शुक्रकीट तथा पुरुषत्व प्रदान गर्ने हार्मोनको उत्पादन गर्छ। यो लिङ्गको फेदनिर झुन्डिएको छालाको पातलो थैली (अण्डकोष थैली) भित्र हुन्छ। अण्डकोष र अण्डकोष थैली फरक कुरा हुन् भन्ने कतिपय व्यक्तिलाई थाहा नहुन सक्छ। स्वाभाविक रूपमै यी दुई अङ्ग दुख्ने कारण केही फरक हुन्छ। तपाईंले अण्डकोष सुन्निएको छ कि छैन लेख्नुभएको छैन। तपाईंलाई थाहै होला, यस्तै १०-११ वर्षको उमेरदेखि अण्डकोषको विकास सुरु हुन्छ र किशोरावस्थाभरि यो बढ्ने क्रम निरन्तर चल्छ। यसको आकार अलि चेप्टो अण्डा आकारको हुन्छ। सालाखाला १० देखी १४ ग्राम तौल भएको यो अङ्गको आयतन सालाखाला ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ। यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो।
लामो समय यौन उत्तेजित भएर बस्नुपरेको स्थितिमा पनि अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपनको अनुभव हुन्छ। यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यस वरिपरीको भागमा रक्तप्रवाह बढी हुन्छ। लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएर हुन्छ। लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले तरल पदार्थ (lymphatic fluid) जम्मा हुन पुग्छ, जसले गर्दा यी अङ्गहरू केही मात्रामा सुन्निन सक्छन्।
तपाईंको पत्रअनुसार चोटपटक लागेको वा अण्डकोषको संक्रमण भएजस्तो बुझिँदैन। लामो समयसम्म उभिँदा वा हिँड्दा हर्निया वा भ्यारिको सिल भन्ने स्थितिमा पीडा अनुभव हुन्छ।
भ्यारिकोसिल (varicocele) भनेको के हो ?
तपाईंले अण्डकोष थैलीमा नसा सुन्निएको अनुभव गर्नुभएको छ-छैन थाहा भएन, यसरी नशा सुन्निनुको प्रमुख कारण भ्यारिकोसिल (varicocele) हुनसक्छ। अण्डकोषबाट रगत बाहिर निस्कने रक्तनसाहरू -खभष्लक) असामान्य रूपमा फुल्न वा सुन्निन गए यस्तो स्थिति आउँछ। सामान्यतया pampiniform plexus मा हुने vein को diameter यस्तै शून्य दशमलव ५ देखि १ दशमलव ५ मिलिमिटर हुन्छ तर यस्तो अवस्थामा यो फुलेर २ मिलिमिटरभन्दा पनि ठूलो हुन्छ। लक्षणको कुरा गर्दा विशेष गरेर अण्डकोषमा तानिएजस्तो, एक किसिमको पीडा हुन्छ। कसैलाई भारीपनको अनुभव पनि हुन सक्छ। साह्रै विकसित हुँदा उक्त रक्तनसाको पोको गड्यौंलाको पोकोजस्तो लाग्छ। धेरैजसो स्थितिमा यो बायाँतिरको अण्डकोषमा हुन्छ।
सामान्य स्थितिमा यसले खासै हानि नगर्ने भएकाले खासै चिन्ता लिनुपर्ने आवश्यकता छैन तर समस्या कायम रहे त्यसका असरहरू पनि देखा पर्न सक्छन्। अण्डकोष सुकेर जानसक्छ वा बढी रगतको बहावका कारण अण्डकोषको तापक्रम बढी हुँदा शुक्रकीट उत्पादनमै नकारात्मक असर पर्न सक्छ। विशेष गरेर यसको शल्यक्रियाद्वारा उपचार गरिन्छ, जसको नतिजा राम्रै हुने गरेको पाईन्छ।
यो कस्तो यौन समस्या हो ?
पहिलो कुरा त तपाईंको समस्या निदान हुनुपर्यो। त्यसको आधारमा नै तपाईंको समस्या यौन समस्या हो कि होइन भन्न सकिने स्थिति हुन्छ। तपाईंको सन्दर्भ यौन समस्याभन्दा पनि यौनाङ्गसँग सम्बन्धित शल्य चिकित्सासम्बन्धी समस्या हुने सम्भावना छ। उदाहरणका लागि varicocele वा हर्निया वा हाइड्रोसिलका समस्या मुख्यतः शल्यचिकित्सासम्बन्धी समस्या हुन्। यो पक्कै हो कि यौनाङ्गसँग सम्बन्ध गाँसिएकाले थोरबहुत यसको सम्बन्ध यौनसँग पनि हुन्छ।
यसले सन्तान जन्माउन समस्या पर्ला भन्ने चिन्ता हुन सक्छ। तपाईंको समस्या निक्र्योल गरेपछि प्रजनन तथा यौन स्वास्थ्यमा कस्तो असर पर्ला आँकलन गर्न सकिन्छ। अण्डकोषको कार्य क्षमतामा कुनै असर परे त्यसको सन्तान उत्पादन गर्ने क्षमतामा त असर पर्छ नै। प्रजनन तथा यौन क्षमतामा यसको असर पर्ने भएकाले विशेष चासोको विषय हो। अण्डकोषवाट उत्पादित वीर्यमा शुक्रकीटको मात्रा र गुणमा राम्रो भएमा सन्तान उत्पादन गर्न सक्ने हुन्छ। त्यसैले सो कुरा थाहा पाउन वीर्यपरिक्षण गर्नु आवश्यक छ। अण्डकोषमै शुक्रकीट उत्पादन हुने भए पनि वीर्य पनि यहींबाट उत्पादन हुन्छ भन्ने होइन। वीर्य थैली, पौरुष ग्रन्थिबाट आउने रस नै प्रमुख रूपमा वीर्य हो र त्यही वीर्यमा अण्डकोषमा उत्पादन भएको शुक्रकीट मिसिएको हुन्छ। त्यसैले अण्डकोषले शुक्रकीट उत्पादन गर्न नसकेको वा उत्पादन गरेको शुक्रकीट आउन नसकेको स्थितिमा पनि वीर्य आउन सक्छ, तर यस्तो अवस्थामा वीर्यमा शुक्रकीट हुँदैन।
कुनै समस्याको समाधानका लागि समस्या नै पहिचान हुनुपर्ने भएकाले तथा आफूमा केही खराबी भए-नभएको पक्का गर्न शल्यचिकित्सक वा मूत्ररोग विशेषज्ञसँग परीक्षण गराउनु बेस हुन्छ। यसो गर्दा केही अन्य समस्या भए पनि त्यसको उपचार गराउन सकिन्छ।
By: Saptahik

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind