प्रकोप व्यवस्थापन सम्बन्धि सेनाको क्षेत्रीय सम्मेलन आजबाट ।।



प्रकोप व्यवस्थापन र मानवीय सहयोग सम्बन्धि क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । सैनिक मुख्यालय भद्रकालीमा अहिले केहीबेरमा सुरु हुने सम्मेलनमा नेपालमा आउन सक्ने महाविपत्ति र त्यसको व्यवस्थापनका विषयमा छलफल हुनेछ । सम्मेलनमा भारत र अमेरकी सैनिकका साथै शसस्त्र प्रहरी बल, सार्क सचिवालय, रक्षा र गृहमन्त्रालयका प्रतिनीधिले पनि भाग लिने छन् । गोष्ठीबाट भारतीय सेना र संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डको प्रकोप व्यवस्थापनको क्षेत्रमा प्राप्त ज्ञान, अनुभव र सीप साटासाट गर्न सहयोग पुग्ने सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले सीआयएनलाई जानकारी दिनुभयो । पूर्वी नेपालमा आएको कोसीको बाढी, नेपालमा यसअघि काठमाण्डुमा महाभूकम्प जस्ता  भयानक दैवीविपत्तिका घटनाको समीक्षा गरेर दोहोरिएमा अपनाउने मानवीय सहायता र उद्दारका विषयमा छलफल हुने क्षेत्रीले बताउनुभयो । तीनदिने सम्मेलनकै अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको विशेष कार्यदलले हवाई अपहरणमा सुरक्षा कारबाहीको अभ्यास प्रदर्शन समेत गर्नेछ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind