पत्रकार कुटपिटबारे अध्ययन गर्न समिति गठन ।।




पोखरामा रहेको सामुदायिक रेडियो गण्डकी तथा गण्डकी टेलिभिजनका सम्बाददाता हरिबहादुर भुजेललाई  प्रहरीले गरेको कुटपिटबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले ४ सदस्सीय छानबिन समिति गठन गरेको छ । गएको चैत १८ मा पोखराको नदिपुरमा माईक्रोबसको ठक्करबाट एक साईकल यात्रीको ज्यान गएपछि मृतका आफन्तले पोखराको विभिन्न स्थानमा गरेको विरोध प्रदर्शन र तोडफोडको समाचार संकलन गर्ने क्रममा पत्रकार भुजेलमाथि प्रहरीले कुटपिट गरेको थियो । प्रहरीले क्यामेरा,डायरी लगायतका सामाग्री खोसेर दुब्र्यवहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी निरिक्षक रविन्द्र पौडेलको संयोजकत्वमा ४ सदस्सीय छानविन समिति गठन गरेको कास्की प्रहरी प्रमुख यादवराज खनालले जानकरी दिनुभयो । समितिलाई एक साता भित्र घटनाको यथार्थ बुझेर प्रतिवेदन बुक्राउन निर्देशन दिईएको छ । प्रहरीको लाठि प्रहारबाट पत्रकार भुजेलको देब्रे काँध,खुट्टा र हातमा चेट लागेको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind