प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक
शान्ति प्रक्रियाको तार्किक निष्र्कष र जेठ १४ भित्रै जनसंविधान घोषणाका लागि भन्दै आजबाट काभ्रेमा पनि हस्ताक्षर अभियान शुरु गरिएको छ । सदरमुकाम धुलिखेलमा विभिन्न १२ राजनीतिक पार्टी तथा जातीय संगठनहरुको गठबन्धनमा बनेको संयुक्त राष्ट्रिय जनआन्दोलन संघर्ष समिति काभ्रेले नयाँ संविधानको २२ सुत्रिय अन्तरवस्तु सहित अभियानको थालनि गरेको हो । कार्यक्रममा एकिकृत नेकपा माओवादीको वैद्य समूह, नेकपा एकिकृत, मातृका यादव समूहको नेकपा माओवादी, क्रान्तिकारी कम्यूनिष्ट पार्टी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, अखिल नेपाल आदिवासी जनजाति महासंघ एकिकृत लगायतका नेता तथा कार्यकर्ता उपस्थिति थिए । कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य कुमार ढकालले संस्थापन पक्षले संविधान निर्माण प्रक्रियालाई ओझेलमा पारेर जनता माथि घात गरेको आरोप लगाउनुभयो । सदस्य ढकालका अनुसार हस्ताक्षर अभियानलाई गाउँ तह सम्म पु¥याउने र संलकन गरिएका हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई बुझाइने छ । यसैबीच संघर्ष समितिले आफुहरुको माग प्रति व्यवस्ता भए संविधानसभा घेराउ गर्ने सम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।
काभ्रेमा विभिन्न राजनीतिक पार्टी तथा जातीय संगठनहरुद्धारा संयुक्त हस्ताक्षर ।।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind