पुरानो बसका कारण मध्य पहाडको ४ जिल्लाका यात्रुहरु मर्कामा ।।

प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक

अरनिको यातायात सेवा समितिले सञ्चालनमा ल्याएको शैलुङ्गेश्वरी यातायात नामाकरण गरिएको यात्रु बहाक बसहरु पुरानो बन्दै गएका छन् । समितिले पुरानो बसहरु फेर्न आलटाल गरेपछि मध्य पहाडको चार जिल्लाका यात्रुहरु मर्कामा पर्दै आइरहेका छन् । ४० वर्ष अघि देखि अरनिको राजमार्गमा एकाधिकार प्रयोग गर्दै आइरहेको समितिले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका ग्रामीण सडकहरुमा पुरानो बस चलाउँदै आएको छ । थप बसहरुको व्यवस्था नहुनु, क्षमता अनुसार लोड बोक्न नसक्नु, बसका पार्टपूर्जाहरु पटक–पटक बिग्रीरहने जस्ता समस्याले समयमै गन्तव्यसम्म पुग्न नसक्ने अवस्था रहेको लिसंखु गाविसका निकेश सुन्दासले गुनासो गर्नुभयो । पुरानो बसकै कारण सिन्धुपाल्चोक जिल्लाको लिसंखु, अत्र्तपुर, ठूलोधादिङ गाविसका साथै दोलखा जिल्लाको माग देउराली, भूसाफेदा, गोठपानी, पौवाटी, भेट्पुपोखरी लगायत स्थानका नागरिकहरु बढी मार खेप्न बाध्य भएका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind