आमा समूहले बिद्यालयको रेखदेख गर्न थालेपछि बिद्यालयको पढाई र सरसफाइमा सुधार आयो ।।


इलामको बरबोटे ६ स्थित दुर्गा प्राथमिक बिद्यालयमा स्थानिय महिलाहरुले गठन गरेको दुर्गाप्रावि आमा समूहले बिद्यालयको रेखदेख गर्न थालेपछि बिद्यालयको पढाई र सरसफाइमा सुधार आएको छ । बिद्यालयमा रहेका दुइजना शिक्षिकालाई समेत समूहमा राखेका स्थानिय महिलाहरुले बिद्यालयमा लिपपोत गर्ने, सरसफाई गर्ने र सानातातिना निर्माणका काममा समेत बिद्यालयलाई सहयोग गर्ने गरेका छन् । आमा समूहले सदस्यलाई पैसाको खाँचो नहोस भनेर मासिक २० रुपैयाँका दरले मासिक रुपमा आमा बचत समेत गर्ने गरेका छन् । आफूहरुवाट बचत गरेर संकलन भएको पैसा समूहका सदस्यहरुलाई आर्थिक संकट परेको बेला सरल ब्याजमा दिइने गरेको र बिद्यालयलाई  समेत ऋण सहयोग गर्ने गरेको आमा शमूहकि कोषाध्यक्ष भूमिका गौतमले बताउनु भयो ।
आमा शमूहले बिद्यालयलाई सहयोग गर्न थालेको र उनीहरुको सक्रियता देखेर नै बिद्यालयले समेत आमा शमूहको कोषमा २० हजार रुपैया ऋण उपलब्ध गराएको बिद्यालयका प्रधानाध्याक जीतबहादुर कार्किले बताउनु भयो । आमा शमूहले आफूहरुको मात्र नभइ यहाँका बिद्यार्थीहरुको समेत मासिक बचत गराइरहेका छन् । अहिले बिद्यालयमा आमा शमूहकै सक्रियतामा ५३ जना बालबालिकाले मासिक १० रुपैयाँका दरले नियमित बचत गरिरहेका छन् । बाल बचतको रकम निश्चित समयपछि झिकेर उनीहरुकै पढाइमा खर्च गर्न सक्ने नियम समेत आमा समूहले बनाएको बिद्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind