एमालेको प्रतिनिधि परिषद् बैठकको बन्दसत्र जारी ।।
नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकको बन्दसत्र आजदेखि काठमाडौंमा सुरु भएको छ । बन्दसत्र आजै बिहानैदेखि सुरु हुने भनिए पनि प्रतिनिधि मनोनयन प्रक्रिया टुङ्गो नलागेकोले ढिला गरी सुरु भएको छ । बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा चलिरहेको बन्दसत्रमा शान्ति प्रक्रिया र संविधान लेखनमा पार्टी भूमिका र दृष्टिकोण, सरकारको नेतृत्व गरेको बेला निर्वाह गरेको भूमिका, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिका विषयमा छलफल हुने छ । परिषद् बैठकमा झन्डै एक हजार प्रतिनिधिहरू सहभागी छन् । पहिलोपटक आयोजना गरिएको एमाले परिषद् बैठक भोलिसम्म चल्ने कार्यक्रम छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind