प्रतिवर्ष६० लाख भन्दा बढी मानिसहरु क्यान्सर रोगी

विश्व स्वास्थ्य संघको प्रतिवेदन अनुसार प्रतिवर्ष६० लाख भन्दा बढी मानिसहरु यस रोगबाट पीडित हुने गरेका छन् । नेपालमा करिब ४५ हजार क्यान्सर रोगी रहेको अनुमान गरिन्छ र प्रत्येक वर्षप्रतिलाख १०० देखि १२० सम्म नयाँ बिरामी थपिन्छन् ।
नेपालमा क्यान्सर समस्या
नेपालमा केन्द्रीयस्तरका अस्पतालहरुले गरेको रोगीको भर्ना सम्बन्धी अध्ययनबाट पुरुषहरुमा फोक्सो र आमाशय -पेट)को क्यान्सर सबभन्दा बढी पाईएको छ । त्यस्तैगरी महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्तनक्यान्सरका रोगी बढी भएको पाइएको छ । केटाकेटीहरुमा रगत र आँखाको क्यान्सर बढी हुने देखिएको छ ।
करोडौं-स-साना कोषिकाहरुले मानव शरीर बनेको छ । प्रतिकूल अवस्थामा यी कोषहरुको बृद्धि नियन्त्रित नभई असामान्य हुन पुग्दछ । विस्तारै स-साना गिर्खा बन्दछ । यी गिर्खाहरु २ प्रकारको हुन्छ- -१) विनिङ ट्युमर- शरीरलाई नोक्सान नगर्ने र नर्सर्ने, -२) मलिग्यान्ट ट्युमर-अर्बुद रोग)- एक स्थानबाट अर्को स्थानमा र्सन सक्ने गिर्खा र शरीरलाई नोक्सान गर्ने ।
रगतको क्यान्सर हुँदा यस प्रकारका गिर्खा नभई रक्त कोषिकाहरु असामान्य हुन्छ । लगभग ९० प्रतिशत क्यान्सर रोग खानपिन, रहन सहन र वातावरणीय प्रभावले हुन्छ र करिब १० प्रतिशत क्यान्सर बनाउन शरीरको आन्तरिक कारणहरु पनि जिम्मेवार छन् । क्यान्सर हुनका लागि निम्न कारण प्रमुख छन्ः

१. सर्ूर्ती तथा सर्ूर्तीजन्य पदार्थको सेवन- सर्ूर्तीमा चार हजारभन्दा बढी हानिकारक तत्वहरु हुन्छन् जसले रगत मार्फ शरीरका विभिन्न भागमा क्यान्सर गराउँदछ ।
२. मादक पदार्थको सेवन
३. खानपिन- करिब ३५ प्रतिशत क्यान्सर यससँग सम्बन्धित रहेको पाइन्छ । बासी, सडेगलेको र ढुसी परेको खानेकुरामा क्यान्सर गराउने रसायनिक तत्व पाइन्छ । अत्याधिक मात्रमा कीटनाशक औषधी र रसायनिक मल प्रयोग भएको अन्न, फलफूल, तरकारी र सागपातको सेवनले हानिकारक रंग तथा रसायनिक पदार्थ मिसाइएको बस्तु खानाले, डढेको तथा बोसोयुक्त मासु खानाले पनि क्यान्सर हुन सक्दछ ।
४. विकिरणः अत्याधिक मात्रामा विकिरण -Solar Radiotion, X-ray, CT-Scan) को प्रभाव शरीरमा पर्न गएमा क्यान्सर हुन सक्दछ ।
५. वातावरणीय र व्यवसायिक प्रदुषण, वरिपरको फोहर मैला, सवारी साधन र कलकारखानाबाट निस्कने धूलो, धुँवाको असरले पनि क्यान्सर लगायत अन्य थुप्रै रोग लाग्दछ ।
६. भाइरसः विभिन्न भाइरसहरुबाट लामो समयसम्म संक्रमण भएमा पनि क्यान्सर हुन सक्दछ । जस्तै Human Papilloma Virus को संक्रमणको कारणले गर्भाशयको मुखको क्यान्सर आदि ।
७. Hormone: Hormone को गडबढीले हुने प्रभावबाट पुरुषमा एचयकतबतभ, एभलष्क र महिलामा स्तन, गर्भाशय र पाठेघरको क्यान्सर पाइएको छ ।
८. उमेर- क्यान्सर कम उमेरमा लागे पनि उमेर बढ्दै जाँदा यो रोग लाग्ने सम्भावना बढेर जान्छ ।
९. र्घष्ण -Mechanical Friction_M शरीरको कुनै भागमा लगातार र्घष्ाण भइरहेमा त्यस ठाउँको कोष-कोषिकाहरुमा असामान्य परिवर्तन भई क्यान्सर हुन सक्छ । जस्तै नक्कली दाँतको लगातार र्घष्ाणले मुखको क्यान्सर हुनु ।
त्यस्तै धेरै बच्चा जन्माउने महिलामा पाठेघर र गर्भाशयको क्यान्सर हुने, गोरा जातिमा छालाको क्यान्सर बढी हुने, व्यक्तिगत सरसफाईमा कमी कमजोरी, सामाजिक र आर्थिक अवस्था, वंशागुणत कारण तथा दर्बलता -Low Immunity_ ले गर्दा पनि क्यान्सर हुनसक्छ ।
लक्षणः क्यान्सर हुँदा शुरुमा सामान्य खालका र अरु रोगसँग झुक्किने खालका लक्षणहरु देखा पर्न थाल्दछ । यसले गर्दा रोग बढ्दै जान्छ र लक्षण देखा पर्न थाल्छ । शुरुकै अवस्थामा उपचार गर्न सकेमा क्यान्सर निको हुन्छ । प्रभावित अङ्गहरु अनुसार लक्षण पनि फरक हुन्छन् ।
चेतावनीका रुपमा देखापर्ने क्यान्सरका सम्भावित लक्षणहरु ः
क) निल्न गाह्रो हुनु, अपच हुनु र दिसा पिसाब गर्ने बानीमा अस्वभाविक रुपमा फरक आउनु ।
ख) खोकी लाग्-नु, स्वरमा बदलाव आउनु, छाती दुख्नु खकारमा रगत देखा पर्नु ।
ग) शरीरका कुनै भागमा देखिएका मासुका डल्ला तथा कोठीको रंग र आकारमा परिवर्तन हुनु ।
घ) कुनै घाउ खटिरा लामो समयसम्म निको नहुनु ।
ङ) पाठेघरबाट पानी बग्ने, महिनावारी गडबड हुने, योनीबाट रगत बगिरहने र तल्लो पेद दुख्ने ।
च) बारम्बार ज्वरो आइरहनु, विनाकारण नाक, मुखबाट रगत बगिरहनु ।
छ) शरीरको तौल कम हुनु, रगतको मात्रा घट्दै जानु आदि ।
कतिपय अवस्थामा कुनै लक्षण नदेखिदै क्यान्सर हुने गर्दछ ।
स्तनक्यान्सर हुने प्रमुख अङ्ग, कारण र लक्षणहरु ः
स्तनक्यान्सर महिलाहरुमा हुने सबैभन्दा डरलाग्दो रोग भए पनि स्वयं महिलाहरुले समयमानै ध्यान पुर्‍याएको खण्डमा यस रोगको रोकथाम गर्न सकिन्छ । स्तनक्यान्सर निदान गर्न मेमोग्राम मेशिन दर्ुइ तीनवटा अस्पतालमा मात्र उपलब्ध छ । मेमोग्रामको खर्च बिना पनि वीएसइ द्वारा स्तन क्यान्सरको निदान गर्न सकिन्छ । २० वर्षभन्दा माथिका प्रत्येक महिलाले हरेक महिना आफ्नो स्तनको जाँच आफैले सविस्तार गर्ने प्रक्रियालाई -द्यचभबकत कभाि भहamष्लबतष्यल) लाई छोटकरीमा वीएसइ भनिन्छ ।
क्रमशः
वीएसइ कहिले गर्ने -
महिनावारी भएको एक हप्तापछि तथा महिनावारी बन्द भैसकेका महिलाहरुले भने महिनाको कुनै पनि मिति तोक्ने र उही मितिमा हरेक महिना वीएसइ गर्ने ।
वीएसइ कसरी गर्ने -
१. स्तन हेरेर जाँच्नेः एउटा ठूलो ऐना अगाडि गएर उभिने र दर्ुइवटै हात कम्मर तथा टाउको पछाडि लाग्नाले छातीको मांशपेशी तन्किन्छ र सानो गाँठो पनि प्रष्ट देखिन्छ ।
२. स्तन छामेर जाँच्नेः स्तनको प््रत्येक भाग हातको बीचको तीन औंलाहरुले स्तन छामेर जाँच्ने र कुनै किसिमका गाँठा वा डल्लाहरु छ कि भनी परीक्षण गर्ने ।
३. प्रत्येक जाँचको रर्ेकर्ड राख्नेः प्रत्येक महिनाको जाँचमा कुनै असामान्य कुरा भेटियो भने त्यसको रर्ेकर्ड राख्ने र चिकित्सककहाँ जाँदा वीएसइ को पर्ूण्ा विवरण दिनु पर्दछ । नेपालमा स्तन क्यान्सर शुरुको अवस्थामा निदान गर्ने वीएसइ नै एउटा भरपर्दो उपाय हो ।
क्रमशः
पाठेघरको मुखको क्यान्सर
ग्रामीण भागका महिलाहरुमा पाठेघरको मुखको क्यानसर भएको बढी पाइन्छ । सानै उमेरमा गर्भवती हुनु, धेरै बच्चा जन्माउनु, धेरै व्यक्तिसँग यौन सर्म्पर्क राख्नु, यौन अंगको सरसफाई नगर्नु, सूक्ष्म जीवाणुले पाठेघरमा संक्रमण गर्नु आदि नै पाठेघरको क्यान्सरका कारण हुन् । पाठेघरबाट गन्हाउने पानी बग्नु, पुरुषसँगको सर्ंर्सग पछि रगत बग्नु, कम्मर तथा ढाड दुख्नु, लगातार पानी तथा रगत मिसिएको पानी अथवा रगत बग्नु जस्ता लक्षण देखिएमा पाठेघरको मुखको क्यान्सर भएको शंका गर्नुपर्छ ।
फोक्सोको क्यान्सर
मुख्यतः धुम्रपान गर्नाले, लामो समयसम्म धुँवामा स्वास फर्ेनाले, वातावरणीय प्रदूषण, कलकारखाना तथा सवारी साधनबाट निस्कने धुँवा शरीरभित्र प्रवेश गर्नाले फोक्सोको क्यान्सर हुन्छ । यस्ता क्यान्सर विरामीमा लगातार सुख्खा खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, दम बढ्ने, छाती दुख्ने, भोक नलाग्ने, शरीरको वजन घट्ने तथा धेरै दिनसम्म लगातार ज्वरो आउने जस्ता लक्षण देखा पर्दछ ।
आमाशय-पेट)को क्यान्सर
कतिपय हामी नेपालीमा चिल्लो, पिरो, मसलादार खाना खाने बानी छ । यसले पेटलाई नराम्रो असर गर्दछ र पेटको क्यान्सरलाई समेत निम्त्याउँछ । त्यस्तै पान, खैनी, सर्ूर्ती तथा धुम्रपान सेवन गर्ने कुलतले गर्दा, बासी, ढुसी परेका खानाले र माछा, मासु बढी सेवन गर्नाले पनि पेटको क्यान्सर भएको पाइएको छ । पेट डम्म फुलेको अनुभव हुनु, खानाप्रति अरुचि हुनु, खाना नपच्नु, वाकवाक लाग्नु, थाक्नु, रिङ्गटा लाग्नु, कालो दिसा हुनु, पेटको माथिल्लो भागमा दुख्नु वा पोल्नु, शरीरको वजन घट्दै जानु जस्ता लक्षण देखिएमा पेटको क्यान्सर भएको शंका गर्नुपर्छ र उपचारतर्फलाग्न डाक्टर देखाउनर्ुपर्छ ।
कलेजोको क्यान्सर
अत्यधिक रक्सीको सेवन गर्नाले वा कलेजोमा लामो समयदेखि संक्रमण हुनाले कलेजोको क्यान्सर हुन्छ । कमलपित्त हुनु, पेट दुख्नु, वजन कम हुँदै जानु यसका लक्षण हुन् ।
रगतको क्यान्सर
कुनै औषधिको अनावश्यक सेवन, विकिरण तथा वातावरणीय प्रदूषण, खान नहुने रंग मिसाइएको खानेकुराको सेवन, खिया लागेको फलामका वस्तु एवं हतियारबाट हुने चोटपटकका कारण रगत तथा लिम्फ ग्रन्थीको क्यान्सर हुन्छ । रगतको क्यान्सर जन्मजात पनि हुन सक्छ ।
शरीरको वरिपरि स-साना राता थोप्लाहरु देखा पर्नु, शरीरमा रगतको मात्रा कम हुँदै जानु, प्रतिरोधात्मक क्षमता कम हुनु, शरीरको तौल घट्नु तथा बढी मात्रामा ज्वरो बारम्बार आइरहेमा रगतको क्यान्सर भएको हो कि भनी शंका गरिहाल्नर्ुपर्छ ।
छालाको क्यान्सर
प्रदुषण, विकिरण, र्सर्ूयको प्रचण्ड ताप वा लामो समयसम्म टन्टलापुर घाममा बसेमा छालाको क्यान्सर हुने सम्भावना हुन्छ । छाला पोल्नु, निको नहुने घाउ आउनु, छाला तथा कोठीको रंगमा परिवर्तन हुनु, कोठी अथवा मुसाको आकारमा परिवर्तन देखिएमा, दुख्ने वा नदुख्ने गाँठोहरु देखा परेमा डाक्टरकोमा जचाउँन गइहाल्नर्ुपर्छ ।
क्यान्सरबाट बच्ने सरल उपायहरु
क) क्यान्सर सम्बन्धी ज्ञान हासिल गरी सोही अनुकूल दैनिक व्यवहारमा लागु गरेर ।
ख) क्यान्सरका कारक तत्वहरुबाट
अलग्गै बसेर ।
ग) स्वच्छ, सफा तथा सन्तुलित
भोजन गरेर ।
घ) स्वास्थ्यप्रति चेतनशील रहेर र बराबर स्वास्थ्य परीक्षण गराएर ।
ङ) प्रत्येक दिन शारीरिक व्यायाम
गरेर आदि ।
निदानका तरिकाहरु
क) विरामीको सविस्तार जाँच गरे ।
ख) तन्तु तथा कोषको जाँच गरेर ।
ग) रगत परीक्षण गरेर ।
घ) एक्स-रेः वेरियम एक्स-रे, आई.भि.यु., अल्ट्रासाउण्ड, सी.टी. स्क्यान, एम.आर.आइ. परीक्षण गरेर ।
ङ) दुरबिन युक्त ट्युबद्वारा परीक्षण -भ्लमयकअयउभ भ्हamष्लबतष्यल) गरेर ।
शरीरमा सामान्य अवस्था भन्दा केही क्यान्सरका सम्भाव्य कारण देखिएमा शंका गर्नु र र्सतर्क हुनुका साथै सम्बन्धित चिकित्सकसँग सल्लाह लिई यसको निराकरण गर्नु उचित हुन्छ ।
उपचार
क्यान्सर सरुवा रोग होइन । क्यान्सर गराउने माथि उल्लेखित तत्वबाट टाढा टाढा रहनु नै क्यान्सरबाट बच्नु हो ।
उपचार विधि
क) केमोथेरापी – Anticancer drugs jf Cytotoxic drugs को प्रयोगद्वारा विरामीको शरीरमा अनियन्त्रित रुपमा वृद्धि भएको क्यानसरका Cell नशा गर्ने उपचार विधिलाई Chemotherapy भनिन्छ । वाक् वाक् तथा वा वान्ता आउनु, कब्जियत, पखाला, मुखभित्र हुने घाउ, कपाल झर्ने, ब्लबझष्ब आदि ऋजझयतजभचबउथ का प्रतिकूल असर हुन् ।
ख) शल्यक्रियाः क्यान्सर लागेको भागलाई शल्यक्रिया गरी निकाल्ने विधि ।
ग) रेडियोथेरापी ः विकिरण भएको मेशिनद्वारा क्यान्सर कोषिकाहरु सेकी उपचार गर्ने विधि ।
घ) हार्मोनोथेरापीः विभिन्न हार्मोनको प्रयोगद्वारा उपचार गर्ने विधि ।
ङ) इम्युनोथेरापीः क्यान्सर रोग रोक्ने क्षमतालाई वृद्धि गर्ने विधि आदि ।
क्यान्सरको सबभन्दा ठूलो उपचार सचेत हुनु, समयमै उचित उपचार गराउनु र मनोबल बढाउनु हो । क्यान्सर निको हुन सक्छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३६ वटा जिल्ला शाखाहरु क्यान्सर रोगको रोकथाम र निदानका प्रतिकारात्मक तथा उपचारात्मक क्षेत्रमा संलग्न छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind