एसएलसीमा अनियमितता गरे सार्वजनिक मुद्दा
- तिर्थराज भुसाल
एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कसुर हेरेर सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारी भएको छ । शिक्षामन्त्री दीनानाथ शर्माले चैत ७ मा सुरु हुने परीक्षा व्यवस्थापनबारे जानकारी दिँदै यस्तो बताउनुभएको हो । यसपालि देशभरका ५ लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी हुँदै छन् ।शिक्षामन्त्री शर्माले अनुशासित र मर्यादित परीक्षा चलाउने प्रत्येक जिल्लाका एउटा उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्ने बताए । ुपरीक्षा अमर्यादित बनाउन खोज्नेलाई अनुगमन गरेर खबर गर्न सबैलाई आग्रह गनुभएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएलसीको सम्पूर्ण तयारी पूरा भएको छ ।
परीक्षा समितिका अध्यक्ष शिक्षासचिव किशोर थापाले परीक्षा अमर्यादित हुँदा आफ्नो विद्यालय, गाउँ र समुदायको इज्जत र अनुशासनमा दाग लाग्ने भएकाले सचेत रहन स्थानीय समुदायलाई आग्रह गरेका छन् ।शिक्षा ऐनले परीक्षाको मर्यादा भंग गरे कसुर हेरी १ लाख रुपैयाँसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक डिल्ली रिमालले सरकारले परीक्षालाई मर्यादित गर्न कुनै कसुर बाँकी नराख्ने बताए । परीक्षाका लागि देशभर १ हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ५६ हजार शिक्षक कर्मचारी संलग्न हुने नियन्त्रक उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए
यसैबिच एस एल सी परिक्षामा करिव २५ सय विद्यार्थीको रजिष्ट्रेसन दुइओटा विद्यालयबाट भएको पाइएको छ । दुइओटा विद्यालयमा रजिष्ट्रेशन गरेको पाइएपछि अहिले अनुसन्धान गर्न थालिएको एस एल सी परीक्षा नियन्त्रण कार्यलयका नियन्त्रक डिल्ली राम रिमालले जानकारी दिनु भएको छ । दुई ठाउँमा रजिष्ट्रेसन गरेका विद्यार्थीलाई एस एल सी परीक्षाबाट वञ्चित समेत हुन सक्ने नियन्त्रक रिमालले जानकारी दिनु भएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind