नयाँबानेश्वरमा भेटिएको बम निष्क्रिय


राजधानीको नयाँबानेश्वरमा भेटिएको बम निष्क्रिय पारिएको छ । बानेश्वरको संविधानसभा भवन अगाडि फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । बम विस्फोट नभएका कारण कुनै प्रकारको क्षति हुन नपाएको बताइएको छ ।

आज दिउँसो साँढे ३ बजेतिर बानेश्वर क्षेत्रमा रहेको एक पसलको बाहिर शंकास्पद वस्तु भेटिएको थियो । कालो प्लाष्टिकको झोलामा रहेको उक्त शंकास्पद वस्तुप्रति आशंका उत्पन्न भई स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको विशेष टोलीले उक्त क्षेत्रमा तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालेको थियो ।

तालिमप्राप्त कुकुरले फेला परेको शंकास्पद वस्तु बम भएको जनाउ दिएपछि सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको हो । सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रमा सर्वसाधारणलाई हटाई बम निष्क्रिय पार्ने कार्य अघि बढाएको थियो । बम भेटिएका कारण सो क्षेत्रमा केहीबेर सन्त्रास फैलिएको थियो ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind