कन्डम लगाएर अभिनय गर्नुपर्ने

आगामी जुन महिनामा अमेरिकाको लसएन्जलसमा हुने मतदानमा वयस्क चलचित्रका कलाकारहरूले अनिवार्य रूपमा कन्डम लगाएर अभिनय गर्नुपर्ने कानुन पारित गर्ने तयारी गरेका छन्। एड्स हेल्थ केयर फाउन्डेसनको पहलमा लस एन्जलसमा निर्माण हुने वयस्क चलचित्रका कलाकारहरूले अनिवार्य रूपमा कन्डम लगाएर अभिनय गर्नुपर्ने विषयमा जनमत तयार भएको हो। अधिकांश वयस्क चलचित्रका कलाकारले कन्डम प्रयोग नगरी अभिनय गर्ने र उनीहरूको नक्कल गर्दा एड्स सर्ने खतरा बढ्दै गएको बताइन्छ।

यदि उनीहरूमार्फत् कन्डमको प्रचार गर्ने हो भने सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ। लस एन्जलस वयस्क चलचित्र निर्माणको क्षेत्रमा विश्वमै अग्रणी मानिन्छ। त्यसबाहेक वयस्क चलचित्र निर्माणको क्षेत्रमा अग्रणी रहेका कम्पनीहरू पनि यही छन्। यसअघि पनि लसएन्जलसले वयस्क चलचित्रमा सकारात्मक सन्देशहरू प्रवाह होस् भनेर विभिन्न किसिमका कानुन ल्याएको थियो। वयस्क चलचित्रका केही कलाकारलाई एड्सको संक्रमण भैसकेको छ। कतिपय अवस्थामा कलाकारले कन्डम प्रयोग गरेर अभिनय गर्ने कुरा बताए पनि निर्माता(निर्देशकहरूले लगाउन नदिने २५ वषर्ीय वयस्क कलाकार डेरिक ब्रुटले बताए। उनलाई सन् २०१० मा एक वयस्क चलचित्रमा अभिनय गर्दा निर्माताले कन्डम लगाउन नदिएपछि एचआईभी एड्स भएको थियो।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind