वैदेशिक रोजगारमा संलग्न महिलाको अवस्था नाजुक ।।
करिब डेढ वर्षको अवधिमा वैदेशिक रोजगारीमा संलग्न २ हजार ८ सय २२ जनालाई उद्धार गरिएका मध्ये ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएको जानकारी दिइएको छ । हेटौंडामा आज भएको मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम र पौरखी नेपालको कार्यक्रममा युएन ओमनले गरेको यस्तो जानकारी सार्वजनिक गरिएको हो । अध्ययन अनुसार १ सय ११ जना महिला खाडी र लेबनानको जेलमा रहेको कार्यक्रममा युएन ओमन क्षेत्रीय संयोजक सरु जोशी श्रेष्ठले जानकारी दिनुभयो । डेढ वर्षको अवधिमा ८६ महिला गर्भवती भएर र ३२ जना नयाँ जन्मेका शिसुसहित फर्किएको कार्यक्रममा जानकारी गराइएको हो । यो समयावधिमा विदेशमै आत्महत्या गर्ने महिलाको संख्या ३२ रहेको छ । जोखिमका बीचमा वैदेशिक रोजगारीका लागि गएका महिलाहरुलाई फर्किसकेपछि पनि परिवार समाजमा पुनस्थापित हुन नसकेको बारेमा समेत कार्यक्रममा छलफल भएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind