प्रमुख तीन दलको बैठक आज पनि बस्दै ।।
शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा ठोस सहमति गर्ने प्रयासस्वरुप तीन मुख्य दलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजेपछि एमाले अध्यक्ष झलनाथ खनाल निवास डल्लुमा बस्ने छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको हिजो बसेको बैठकमा माओवादीले आफ्ना लडाकुहरुलाई महानिर्देशनालयमा उचित पद दिनुपर्ने प्रस्ताव गरेपछि बैठक विनानिष्कर्ष सकिएको थियो । आजको बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने बारेमा तीन दलबीच सहमतिको प्रयास हुने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । ७ बुँदे सहमति अनुसारनै शान्ति र संविधानको बाँकी काम पूरा गर्न माओवादीले प्रतिबद्वता जनाए पनि पछिल्लो समयमा राजनीतिक तहमा निर्णय गराएर भए पनि हानिर्देशनालयमा माओवादीले ठूलो पद खोजेर समस्या खडा गरेको काङ्ग्रेस र एमालेको भनाइछ । फागुन १२ गते सबेको शीर्ष नेताको बैठकले शान्तिप्रक्रिया र सेना समायोजनसम्बन्धी विवादमा सहमतिको खाका ल्याउने जिम्मा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको थियो । विगतका सम्झौताअनुसार आयोगहरू गठनको प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा प्रस्ताव तयार पार्न काङ्ग्रेस सभापति सुशील कोइराला र संविधान लेखनका विवादित विषयमा सहमति खोज्नेबारेको खाका प्रस्तुत गर्ने जिम्मा एमाले बरिष्ठ नेता माधव नेपाललाई दिएको थियो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind