१६१० किलोमिटर रफ्तारमा गुड्ने का
बेलायतमा यस्तो कारको निर्माण सुरु भएको छ जुन हावाको गतिभन्दा पनि तिब्र रुपमा कुँद्न सक्छ । प्रति घण्टा १ हजार माइल अर्थात् १६१० किलोमिटर रफ्तारमा गुड्ने कारको निर्माणमा बेलायती वैज्ञानिकहरुको एक टोली जुटिरहेको छ ।
ब्लडहाउन्ड एसएससी (सुपरसोनिक कार) नाम दिइएको उक्त कारमा युरोफाइटरको टाइफुन जेट विमानको इन्जिन राखिने छ र त्यसको साथमा एक रकेट पनि जडान गरिनेछ । यसअघि बेलायतमै प्रतिघण्टा ७ सय ६३ माइलको गतिमा गुड्ने थ्रस्ट एसएससी नामको कार निर्माण भएको थियो, जुन जमिनमा गुड्ने साधनमध्ये सबैभन्दा तिब्र गतिमा गुड्ने साधनको रुपमा रहेको छ ।
परियोजनाका प्रमुख ग्रीनले कारको फ्रेम पाँचवटा कम्पनी मिलेर तयार पारिरहेका र यसको तौल एक टन हुने बताए । कारमा धेरैजसो स्टिल र आल्मुनियमको प्रयोग गरिनेछ । एक मिनेटमा दश हजार पल्ट घुम्नुपर्ने पांग्रोको फ्रेम पनि ठोस आल्मुनियमको हुनेछ ।
त्यस्तै यो कारमा प्रयोग हुने फाल्कन रकेटको निर्माण पनि निकै जटिल भएकाले विभिन्न ४० वटा कम्पनीले संयुक्त रुपमा यसको निर्माण गरिरहेका छन् । सन् २००८ बाट सुरु भएको यो परियोजना अबको केही महिनाभित्रैमा सम्पन्न गरी परीक्षण गरिने बताइएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind