प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा माओवादीले वर्तमान सरकारलाई जेठ १४ सम्म लम्ब्याएर त्यसपछि एकदलिय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएउनुभएको छ । नेकपा एमाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय अधिवेशनलाई आज मेलम्चीमा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यस्तो बताउनुभएको हो । गौतमले संविधानसभा भंग गरेर माओवादीले तानशाहि एकदलिय शासन लादेन खोजे पनि आफुहरुले सफल हुन नदिने बताउनुभयो । माओवादीले बाबुराम भट्टराइको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रायस गरेपनि त्यो कुनै हालतमा सफल नहुने गौतमको दावी छ । राष्ट्रिय सहमतिको सरकार बिना शान्ति र संविधान निष्र्कषमा नपुग्ने भएकाले यो सरकारले तत्काल राजीनाम दिनु पर्ने गौतमको भनाइ छ । नेकपा एमाले, नेपाली काँग्रेस लगाउत अन्य राजनीतिक दलहरु शान्ति र संविधान निष्र्कषमा पु¥याउन लागेपनि माओवादी इमान्दार नभएको उहाँको आरोप थियो । माओवादीले लडाकुहरुको नाममा व्यापक भ्रष्टाचार गरेको बताउँदै गौतमले लडाकुबाट संकलन गरेको अबौ रकमले माओवादी नेताहरुले ठुला ठुला टावर खडा गरेको व्यङ्ग गर्नुभयो । वर्तमान सरकार अहिलेसम्मकै भष्ट्रसरकार भएको आरोप लगाउदै नेता गौतमले बाबुराम भट्टराइले मुस्ताङ म्याक्स चढेपनि त्यसको सबै पाटपुर्जा १ करोड भन्दा बढीको भएको गौतमले बताउनुभयो । माओवादीले गर्ने भनेको जनविद्रोहले माओवादी आफै सदाको लागि समाप्त हुने तर्क गौतमले ठोकुवा गर्नुभयो । राष्ट्रिय प्रतिनिधि परिषदको बैठक ऐतिहासिक भएको बताउदै गौतमले अब एमाले भित्रका सबै मतमतान्तरहरु सधैका लागि अन्त्य भएको दावी गर्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई,अरुण नेपाल, केन्द्रीय लेखा आयोगका सदस्य सरेश नेपाल, सभासद केपी सापकोटा लगायतका नेताहरुले देशलाई अग्रगामी दिशामा लैजाने पार्टी एमाले मात्र भएको बताएका थिए ।
माओवादीले सरकारको आयु लम्ब्याउन खोज्यो ः गौतम ।।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind