लोला केटीहरूलाई नै किन ताकिन्छ
कसलाई के मन पर्छ के थाहा र अनि कसलाई के मन पर्दैन भन्ने पनि के थाहा र तर पनि साप्ताहिक ले चै केहि कलाकार हरुको बारेमा बुझ्न खोजेको रहेछ तपाइलाई पनि जान्न मन्छ भने ल हेर्नु है
केकी अधिकारी (नायिका)
लोला
ओहो, कुरै नगर्नुस्। मैले अहिलेसम्म नबुझेको कुरा के भने लोला केटीहरूलाई नै किन ताकिन्छ ? मैले सानैदेखि देख्दै आएको होलीको मौसम आयो कि सातादिनअघिबाट सडकमा केटीहरूलाई हिँड्नै अप्ठेरो हुन्छ। सानोमा त मलाई समस्या थिएन। बरु अरूलाई लोला लागेको देखेर हाँसो उठ्थ्यो। जब हाईस्कुल पढ्न थालें मलाई पनि केटाहरूले ताकेर लोला हिर्काउन थाले। त्यसपछि मैले लोलाका कारण केटीहरूले पाइरहेको दुःखको अनुभव गरे। कुनै विशेष कामले बाहिर निस्कियो, निथ्रुक्कै भइन्छ। अनि त काम नै क्यान्सिल गरेर घरमै बस्न विवश हुनुपर्ने।
एकपटक होलीकै मौसममा मम्मीलाई सञ्चो नभएर अस्पतालमा चेकअप गर्न लाँदै थिए। होली आउन केही दिन बाँकी नै थियो। हामी ट्याक्सी नपाएर हैरान भैरहेका थियौं। अचानक एउटा घरको बार्दलीबाट मेरो ढाड नै रन्किने गरी ठूलो लोला बर्सियो। कसले हान्यो, कुन घरबाट आयो भन्ने बुझ्नै सकिन। लुकेर ढाडमा प्रहार गर्ने डरछेरुवाहरू कहाँ देखा पर्थे र ? म निथ्रुक्कै भएँ। सञ्चो नभएकी मेरी मम्मीलाई त्यो लोला लागेको भए के हुन्थ्यो भन्ने कल्पनाले निकै डराएँ। अरू पनि लोला आउँछ भनेर त्यो ठाउँबाट भागेर अलि पर गयौं र ट्याक्सी भेटेर अस्पताल पुग्यौ। बाटोमा ट्याक्सीको झ्याल खोल्न पनि डर लाग्यो। के थाहा, त्यस्तै कुनै उपबुज्रुकले ताकेर लोलाको निसाना बनाउन के बेर ? त्यसपछि चरा उडेको देख्दा पनि लोला नै हो कि भन्ने शंका लाग्न थाल्यो। अस्पतालमा मम्मीलाई जाँचुञ्जेल म निथ्रुक्कै थिएँ। धन्न, चिसोले रुघा लागेन।
म पनि होलीमा दिदीबहिनी र साथीहरूसँग लोला हानेर रमाइलो गर्छु। होली खेल्दा भ्रातृत्व वृद्धि हुन्छ, तर हामी कहाँ भने अरूलाई कष्ट दिएर आफू रमाइलो गर्दै 'खित्-खित्' हाँस्ने विकृति बढेको छ। होली रमाइलो चाड हो, यसलाई रमाइलोसँग मनाउनुपर्छ न कि कसैलाई दुःख दिएर।
नाचगान
बाबु बोगटी (नायक, गायक संगीतकार)
दस वर्षजति अघि रेडियो कान्तिपुरको परिसरमा होली खेल्ने कार्यक्रम हुँदैछ भनेर साथी रेशम चौधरीलगायत हामी वाद्यवादन टोलीका रूपमा संलग्न हुन पुगेका थियौ। रेडियो कान्तिपुरले सम्भवतः त्यही वर्षदेखि होली मनाउन थालेको हो। मैले नाम कमाएको थिइनँ र म गाउन जान्दछु भन्ने पनि धेरैलाई थाहा थिएन। त्यसैले त्यो वर्ष मादल र हार्मोनियम बजाएर अरू गायन कलाकारहरूलाई साथ दिए। त्यो क्रम अर्को वर्ष पनि दोहोरियो। मैले गाउन थालेपछि मलाई त्यहाँ गाउने अवसर दिइयो। त्यसको केही वर्षपछि मेरा गीतहरू पनि हिट हुनथाले। विशेषगरी 'सान्नानी तिमीलाई हिर्काउला लौरीले..' विशेष रूपमा कन्सर्टहरूमा गाउन थालिसकेको अवस्था थियो। रेडियो कान्तिपुरको होलीमा म त्यही गीत गाउँथे। वास्तवमा रेडियो कान्तिपुरको पहिलो होलीबाटै संलग्न भएकाले होला मलाई त्यहाँको होली आफ्नो घर परिवारको होली जस्तो लाग्छ।
गीत गाउने र नाच्ने रहर सानैदेखिको भए पनि होलीमा मैले नाच्ने र गाउने गर्न थालेको चाहिँ काठमाडौं आएपछि मात्र हो। गाउँघरमा त टोली बनायो र होलीमा रंग दल्यो, त्यतिमै होली सकिन्थ्यो। काठमाडौंमा अचेल मलाई धेरै होली कार्यक्रमबाट निमन्त्रणा गरिन्छ। रेडियो कान्तिपुरपछि मलाई साइबरसंसार डटकमले आयोजन गर्ने होलीको रंगारंग कार्यक्रम पनि निकै रमाइलो लाग्छ। हामी धेरैजसो कलाकार रेडियो कान्तिपुरको होलीमा सरिक भएपछि साइबरसंसारको होली खेल्न पुगेकै हुन्छौं। विकृति रहित होली खेल्नुको मज्जा बेग्लै हुन्छ। रेडियो कान्तिपुरमा लाइभ गीतसंगीत सुन्ने सुनाउने, साथीभाइहरूलाई अबिर तथा रंग दल्नेजस्तो रमाइलो हुन्छ भने साइबरसंसार डटकमको होलीमा रंग र पानी खेल्दै, लाइभ डिजेको म्युजिकमा नाच्दै, पिउदै र खादै होली मनाइन्छ। यसपटक धेरै ठाउँबाट निम्तो आएका छन्। सबैतिर पुग्ने विचारमा छु। त्यसबाहेक आजभोलि अन्य मिडियाले पनि होलीको रमाइलो कार्यक्रम राख्न थालेका छन्। त्यहाँ पनि पनि सरिक हुनपुग्छु। गीत सुनेर नाच्छु, अनि आफ्नो गीत सुनाएर नचाउँछु।
भाङ
बादल प्रसाईँ (गायक/म्युजिक भिडियो निर्देशक)
भाङ भन्ने शब्द सुन्ने बित्तिकै सुगम पोखरेल दाईको एउटा गीत गाउन मन लाग्छ 'फेरि त्यो दिन सम्झन्न चाहन्न, त्यही कथा दोहोर्याउन चाहन्न...'। दुई वर्षअघि होली मनाउँदै शंखमूलको एउटा चिया पसलअघि पुगियो। एकजना साथी र म पहिले नै होली खेलेर बियरको चुस्की लिदै रमाइलो गरिरहेका थियौ। साथीहरूले फोन गरेका गर्यै गरेपछि म र एकजना साथी त्यहाँ पुगेका थियौं। दिउँसोको दुई जति बजेको थियो। चिया पसलअघिल्तिर केही साथी भाङको नसामा 'टुन्न' भएको देखियो। चिया पसलमा भाङको घोट्टा बनिरहेको थियो। दूधमा गाँजाको मुन्टा हालेर घोट्दै पकाएपछि घोट्टा तयार हुँदो रहेछ। मेरो मूलघर सुनसरी र झापाको तराई भेकमा भए पनि मैले कहिल्यै त्यसरी घोट्टा बनाएको देखेको थिइनँ। अवसर अनुरुप हल्का पिइए पनि भाङको नसाको अनुभव मैले कहिल्यै लिएको थिइन्। साथीहरूले केही हुन्न, हल्का 'ट्रिप' दिन्छ र बेलुका छाड्छ भनेपछि जोसैजोसमा मैले दुई गिलास पिइदिएँ।
रक्सी पिए जस्तो हुँदैन रहेछ, भाङ्को नसा। ओहो, अहिले सम्झदा पनि डर लागेर आउँछ। पिउँदा त मिठो लाग्यो। अलिकति गाँजा गन्हाए जस्तो स्वादको गुलियो दूध जस्तो। साथीले भाङ मिसाएको पेडा पनि खान दियो। त्यो पनि स्वाद लिएर खाएँ। १५-२० मिनेटसम्म खासै केही भए जस्तो लागेन। गितार बजाएर गाउन थाले। गाउँद-गाउँदै रिंगटा लागे जस्तो हुन्थ्यो, गाइरहन मन लाग्थ्यो। गीत गाएर घन्टौं बिताएछु। अनि हाँस्न थालेछु , यति हाँसेछु कि कुरै नगर्नुहोस्। भोक लागेको जस्तो भयो, अनि फुक्का चिउरा खाएको खाए भएछु। भाङको नसामा जे काम गरिन्छ, गरेको गर्यै हुन्छ भन्ने सुनेको मात्र थिएँ। मैले त्यो दिन प्रत्यक्ष भोगे। मनको एउटा कुनामा म त्यसो गर्दिन भनेर सोच्थे, तर मन भने एउटै राग अलापिरहन्थ्यो। मन त ब्रेकफेल भएको गाडी जस्तो हुँदो रहेछ।
राति कसैले मलाई घर छाडिदिएछ। कसरी घर आएँ भन्ने कौतुहलता अहिलेसम्म छ। रक्सीको नसा त भोलीपल्ट उठेपछि छुट्छ, तर भाङको नसाले भने मलाई तीन दिनसम्म इन्तु न चिन्तु बनायो। अब त म झुक्किए पनि भाङ पिउँदिन।
रंग
नलिना चित्रकार (गायिका)
केही वर्षअघि मैले 'रंग' शीर्षकको एल्बम निकालेकी थिएँ। त्यसमा समावेश गीत अहिलेसम्म श्रोताहरूले रुचाउनु हुन्छ- 'रंग कसैको कालो र कसैको गोरो होला।
धनी गरिब जे भएनी तर्छौं एउटै खोला।...' सामान्यतया मैले काठमाडौंको होली मात्र खेलेकी छु। यहाँ रंगभन्दा पानीको प्रयोग बढी हुन्छ। त्यसमा पनि होलीको बेला काठमाडौं सुख्खा हुन्छ। कतिपय स्थानमा पिउनका लागिसम्म पानी हुँदैन। यस्तो अवस्थामा पानीले होली खेल्न पनि सकिँदैन। त्यसैले पनि फोहर पानीले होली खेल्छन् भन्ने सुनेकी छु। मैले अहिलेसम्म हरेक वर्ष मन खोलेर होली मनाउँदै आएकी छु। विवाहपछि जनकपुरको मिश्र खानदानकी बुहारी भएकी छु। जनकपुरमा होली निकै रमाइलोसँग मनाइन्छ भन्ने थाहा छ, तर उतै गएर होली मनाउन पाएकी छैन। यद्यपि हाम्रो घर त्यो दिन पानी र रंगमा डुबेको हुन्छ। त्यसमा पनि कलाकार भएपछि विभिन्न कार्यक्रममा व्यस्त रहनुपर्छ। होलीको दिन विभिन्न टेलिभिजन च्यानल र एफएम रेडियोका लाइभ कार्यक्रमहरूमा गाउनुपर्छ। विशेषगरी रेडियो कान्तिपुरको होलीमा एकदम रमाइलो हुन्छ।
होलीमा पानीभन्दा पनि एकअर्कामा रंग दलेर रमाइलो गर्नुपर्छ भन्ने मलाई थाहा छ। म पनि रंग दलेर होली खेल्न मनपराउँछु। त्यसमा पनि विशेषगरी अबिर दलेर होली सेलिब्रेसन गरेको मनपर्छ, तर अचेल अबिरमा पनि बालुवा र शिशा पिधेर मिसाइन्छ रे। त्यसैले होला कसैले अबिर दलेपछि एलर्जी भएर आउँछ र छाला पोल्न थाल्छ। रंगमा पनि मिसावट भएको हुन्छ। त्यो विकृति हो। होलीमा रंगको ठाउँमा मोबिल तथा अन्य केमिकल प्रयोग हुन्छ भन्ने सुन्छु। म त्यस्तो विकृतिको सिकार भएकी छैन, तर सुन्दा नै डर लागेर आउँछ। होलीमा रंगिएपछि त्यो रंग छुटाउन निकै गाह्रो हुन्छ। त्यसैले म होली खेल्नु अगावै अनुहार र शरीरभरी सनब्लक तथा अन्य क्रिम दल्छु। केशमा टन्नै तेल लगाउँछु। त्यसले रंग छुटाउन सजिलो हुन्छ। तै पनि कुनै-कुनै ठाउँमा यस्तो रंग लगाइदिन्छन कि हप्ता दिनसम्म पनि रंगको दाग मेटन गाह्रो हुन्छ।

0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind