महिलाको कार्यक्रममा काभ्रेका राजनीतिक दलहरुको उपस्थिति कम
प्रकाश सुन्दास,काभ्रेपलाञ्चोक
महिलाले आयोजना गरेको कार्यक्रमहरुमा जिल्लाका राजनीतिक दलहरुले बेवस्ता गर्ने गरेको भन्दै काभ्रेका महिला अधिकार कर्मीहरुले आपत्ती जनाएका छन् । १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काभ्रेली महिला संस्थाहरुको जिल्ला सञ्जालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागि महिलाहरुले यस्तो बताएका हुन् । देशको ठूलो राजनीतिक दलका जिल्ला नेतृत्वहरु महिलाहरुको समस्याप्रति संवेदनशील हुन नखोजेकै कारण विकास निर्माण र राज्यको मूल प्रवाहमा ग्रामीण महिलाको सहभागिता बढाउन नसकिएको उनीहरुले गुनासो गरेका छन् । कार्यक्रममा सहभागि हुन् एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा लगायत दलका प्रतिनिधि जिविस हलमा पुगेपनि समय अभावको कारण देखाउँदै बस्दै नबसि बाहिरिएका थिए । महिलाहरुले समान कामको समान ज्यालाको नितिलाई गाउँ–गाउँ सम्म पु¥याउन आवश्यक रहेको औल्याएका छन् । यसैबीच कार्यक्रममा सहभागि हुनु अघि महिलाहरुले किशोरीहरुको आबद्धता, उज्वल भविष्यको सुनिश्चिता र महिला हिंसा अन्त्य गरौँ, सुन्य सहिष्णुता कायम गरौँ जस्ता प्लेकार्ड सहितको ¥यालीले धुलिखेल नगर परिक्रममा गरेका थिए ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind