एएफसी च्यालेञ्ज कप उद्घाटन
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटरको अनुरोधमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एएफसी च्यालेञ्ज कप फुटबलको बिहीबार उद्घाटन गरेका छन् ।
खेल उद्घाटन कार्यक्रममा ब्लाटरले खेलकुदका लागि नेपाल महत्त्वपूर्ण ठाउँ रहेको बताएका छन् । उनले फुटबलका लागि कुनै सीमा नहुने बताए । उनले भने, 'फुटबलका लागि कुनै सिमा हुँदैन, म प्यालेस्टाइनलाई नेपालमा स्वागत गर्छु ।'
ब्लाटरले फुटबलले राजनीतिकर्मीलाई पनि एक ठाउँमा ल्याएको बताए । 'फुटबलले जनतामात्रै नभइ राजनीतिकर्मीहरुलाई पनि एक ठाउँमा ल्याउँछ,' उनले भने । उनले फुटबलले शिक्षा, फेसन र इमोसनसँगै अनुशासन पनि सिकाउने बताए । 'अनुशासनलाई सवैले सम्मान गर्नुपर्छ,' उनले भने ।
उदघाटन कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराई, युवा तथा खेलकुद मन्त्री कमला रोका, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस उपसभाति रामचन्द्र पौडेल, एमाले नेता केपी शर्मा ओली, बामदेव गौतम, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत थिए ।
उदघाटन समारोहलाई प्रधानमन्त्री भट्टराई र एसियाली फुटबल महासंघका अध्यक्ष झाङ जिरोङले सम्बोधन गरे । एन्फा अध्यक्ष गणेश थापाले स्वागत मन्तव्य व्यक्त गरे ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind