अमेरिकी उप सहायक विदेशमन्त्री आयर्स नेपाल आउँदै ।।
जारी शान्ति प्रक्रिया तथा संविधान लेखनको अवस्थाबारे जानकारी लिन एक उच्च अमेरिकी अधिकारी आज नेपाल आउँदै हुनुहुन्छ । दक्षिण तथा मध्ये एसियाका लागि अमेरिकी उप सहायक विदेशमन्त्री डा अलिसा आयर्स पाँच दिने औपचारिक भ्रमणमा आज नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति,प्रधानमन्त्री,उपप्रधान एवम् परराष्ट्र मन्त्रीका साथै प्रमुख दलका शीर्ष नेता, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा नागरिक समाजका अगुवाहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालस्थित अमेरिकी राजदूतावासका प्रवक्ता टेरी ह्वाइटले सहायक विदेशमन्त्री आयर्सले उपसहायक विदेशमन्त्री आयर्सको भेटवार्ताका कार्यक्रमको स्पष्ट जानकारी नभएको बताउनुभयो । दुईवर्षअघि उक्त पद सम्हालेकी आयर्सले विदेश मन्त्रालयमा नेपालका साथै भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्द्विभ्स मामिला हेर्दै आउनुभएको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind