बालिबालिकालाई शिक्षा दिनुपर्ने राष्ट्रपति कारजाइको भनाइ ।।



अफगानिस्तानका राष्ट्रपति हमिद कारजाइले आदिवासी तथा धार्मिक नेताहरूलाई बालिबालिकालाई शिक्षा दिन अभिप्रेरित गर्न आह्वान गर्नुभएको छ । अफगानिस्तानका नेताले मुलुकको विद्यालय वर्षको आरम्भका अवसरमा आयोजित एक समारोहमा त्यस्तो आह्वान गर्नुभएको हो । उहाँले विद्रोही समूहलाई शिक्षक तथा विद्यालयका बालबालिकामाथि आक्रमण नगर्न पनि आग्रह गर्नुभयो ।
अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म महिलालाई शिक्षा प्राप्त गर्न तथा काम गर्न प्रतिबन्ध लगाइएको थियो र उनीहरूलाई कसैको साथ नलिकनै घर बाहिर नजान पनि आदेश दिइएको थियो । राष्ट्रपति काराजाइले बालबालिकालाई शिक्षाबाट वञ्चित गर्नु जनताको शत्रु बन्नु भएको बताउनुभयो । सन् २००२ मा अफगानिस्तानका १० लाख बालबालिका विद्यालय जान्थे भने सन् २०१० मा ३० प्रतिशत शिक्षक महिला रहेका छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind