कुकुर सरदर कति बाँच्छ ?, के–के गर्छ ?


जीवनभर १२ हजार ५०० कचौरा बराबर पानी पिउँछ

११ हजार २ सय ६३ माइल हिड्छ

८ सय ८३ पटक विरालो लखेट्छ

कुकुरको बारेमा सबैलाई जानकारी नै छ । कुकर घरपालुवा जनावर हो । तर, कुकुर सरदर कति बाँच्छ ?, के–के गर्छ ? लगायतका विशेष र रोचक तथ्य भने कमैलाई मात्रै जानकारी हुन सक्छ । पछिल्लो समय यही तथ्यहरु सार्वजनिक भएका छन् ।

एक अध्ययन अनुसार कुकुरले आफ्नो जीवनभर १२ हजार ५ सय कचौरा बराबर पानी पिउँछ । जुन पानीको मात्राले एउटा सानो किसिमको स्वीमिङ पुल भर्न सकिने बताइएको छ । त्यस्तै कुकुरले आफ्नो मालिकबाट जीवनभर ९ हजार घण्टा ९ सय १२ मिनेट माया पाउने देखिएको छ ।

त्यस्तै एउटा कुकुर आफ्नो जीवनभर ४ सय ३० म्याराथुन बराबर हिड्ने गर्छ । अध्ययनका अनुसार कुकुर आफ्नो औसत जिन्दगीमा ११ हजार २ सय ६३ माइल हिड्ने गर्छ ।

अध्ययनले कुकुरले आफ्नो जिन्दगीको एकतिहाई भाग सुतेर बिताउने देखाएको छ । त्यस्तै कुकुर १२ वर्षसम्म जिवित हुने गर्छ । त्यस्तै कुकुरले जिन्दगीमा १ हजार १ सय ५८ हड्डी चपाउने गर्छ भने ८ सय ८३ पटक विरालोलाई लखेट्ने गर्छ ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind