प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक
जिल्ला विकास समितिको कार्यालय काभ्रेले २०६९ साललाई सरसफाई वर्षका रुपमा मनाउने भएको छ । सन् २०१५ भित्र जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लामा सरसफाई वर्ष मनाउन लागिएको हो । कार्यालयका अनुसार २०६९ साल भरी नै सरसफाई सम्बन्धी जनचेतना, सडक नाटक, ¥याली, छलफल, अन्र्तक्रिया, गोष्ठी जस्ता विभिन्न क्रियाकलाप सञ्चालन गर्न गत फागुन २८ गते सम्पन्न २० औँ जिल्ला परिषद्बाट बजेट, नीति तथा कार्यक्रम पारित भइ सकेको छ । यसैबीच जिविस काभ्रेले चालु आर्थिक वर्षभित्र तोकिएको मापदण्ड पुरा गरी खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने गाविस तथा नगरपालिकाहरुलाई प्रोत्साहन बापतको थप अनुदान रकम उपलब्ध गराउने भएको छ । त्यस्तै खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने गाविस सचिवहरुलाई समेत पुरस्कृत गरिने नीति तथा कार्यक्रम रहेको जिविस काभ्रेका योजना अधिकृत मोहन अधिकारीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind