अमेरिकामा नै पलायन
नेपाली सिनेमा तथा सांगितीक क्षेत्रका कलाकारहरु अमेरिका गएर नर्फकने क्रम बढिरहेको छ । शम्भुजित बाँस्कोटाको नेतृत्वमा अमेरिका गएको टोलीमा गायिका मल्लिका कार्की, नायक दिवस उप्रेती र लोक गायक विमल डाँगी रहेका थिए ।
अमेरिकाका बिभिन्न शहरमा कार्यक्रम गर्नका लागि यो टोली माघको ३ गते अमेरिकातर्फ लागेको थियो । संगीतकार शम्भुजित बाँस्कोटा ९ औं पटक अमेरिका पुगेका हुन् भने गायिका मल्लिका कार्की र नायक दिवस उप्रेतीको यो पहिलो अमेरिका भ्रमण थियो ।
नेपाल छँदा गायिका मल्लिका कार्की एकपटक अमेरिकामा कार्यक्रम गर्न जाने ईच्छा राख्ने गर्थिन, जुन उनले पुरा गरेकी छिन् । यो टोलीले अमेरिकाका ६ राज्यमा आफ्नो कार्यक्रम राखेको थियो । नेपाली संगीतकर्मीहरुको प्रस्तुतीले उपस्थित दर्शकहरु निकै खुशी भएका थिए ।
यसरी अमेरिकामा नै पलायन हुने कलाकारहरुको कारणले नेपालले बिभिन्न समयमा आलोचना भोगिरहेको छ । तर शम्भुजितको टोली भने नेपाल फर्किएको छ । यसका लागि यो टोलीलाई बधाई दिनै पर्छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind