प्रतिबेदनमाथि छलफल सम्पन्न,जातिय राज्य बनाउन नहुने अधिकांशको सुझाव ।।


नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषदको बैठकमा राजनीतिक र संगठानिक सहितका प्रतिवेदनमाथिको समुहगत छलफल सकिएको छ । समुहगत छलफल सकेपछि समुहका नेताहरुले आआफ्नो निष्कर्षसहितको सुझाव पेश गरिरहेका छन् ।  । अध्यक्ष झलनाथ खनालले पेश गर्नु भएको राजनीतिक, महासचिव ईश्वर पोखरेलले पेश गर्नु भएको सांगठनिक सहितका विभागीय प्रतिवेदनमाथि छलफल गर्दै अधिकाशं समुहले राज्य पुनसंरचना गर्दा जातीय राज्य बनाउन नुहने सुझाव दिएका छन् । यस्तै उनिहरुले पार्टी नेतृत्व अहिले पनि एक हुन नसकेको भन्दै पहिले नेतृत्व र त्यसपछि तल्लो तहसम्म एकता हुनुपर्ने निष्कर्ष निकालेका छन् । उनिहरुले पार्टीको पद्धति र अनुशासन माथिल्लो तहबाटै उल्लङ्घन भएको भन्दै त्यसो नगर्न पनि सुझाव दिएका छन् । समुहगत  छलफलबाट आएका निष्कर्षमाथि नेतृत्वले जवाफ दिएपछि प्रतिवेदनको साझा निष्कर्ष निकालिनेछ । अध्यक्ष खनालले वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै वर्तमान सरकार निरीह, असक्षम र असान्दर्भिक बनेको निष्कर्षसहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा चलिरहेको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरु १ सय १५ जना, अनुशासन आयोगका १७ जना, सल्लाहकार परिषद्का ४६ जना, केन्द्रीय लेखा परीक्षण आयोगका १५ जना, जेष्ठ कम्युनिस्ट मञ्चका २३ जना, केन्द्रीय विभागका सचिवहरु २० जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरु २० जना, अञ्चल सचिवहरु १७ जना, जिल्ला अध्यक्षहरु १ सय १० जना, निर्वाचन क्षेत्रबाट निर्वाचित २ सय ७६ जना, जनवर्गीय संगठनबाट ६० जना, विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित महिलाहरु १ सय ६० जना र विभिन्न अन्य क्षेत्रबाट निर्वाचित र मनोनित गरी झन्डै एक हजार प्रतिनिधिहरू सहभागी छन् ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind