माओवादीले सर्वसत्तावाद लाद्न खोजेको कांगे्रस सभापति कोइरालाको भनाइ ।।
नेपाली कांग्रेस सभापति सुशिल कोइरालाले एकीकृत माओवादीले सेनामाथि हस्तक्षेप गरेर
सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । लडाकुको समायोजन तथा
पुनःस्थापना लगायतका विशेष समितिको अधिकार क्षेत्रभित्रको कार्यक्रमलाई समेत
हस्तक्षेप गरी माओावादीले हस्तक्षेप गर्न खोजेको जनाउँदै माओवादीलाई कुनै हालतमा सफल हुन नदिने जनाउनुभएको छ । सुनसरीको इटहरीमा आजदेखि सुरु भएको पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले माओवादीको कारण विश्वासको संकट उब्जेको समेत आरोप लगाउनुभयो ।
कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राज्य पुनसंरचनाको विषयमा विभिन्न मोडेल सार्वजनिक भइरहँदा कांग्रेस नेता तथा कार्यकर्ताको भावना बुझ्न प्रशिक्षण
अभियान चलाइएको बताउनुभयो । उहाँले कन्फ्युजन मात्र सृजना गर्ने तर
समस्याको समाधान नगर्ने कम्युनिष्टहरु भएकोले कम्युनिष्ट पार्टीहरु वास्तविक
यथास्थितीवादी रहेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीभित्र आन्तरिक एकताको आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणको विवादको जानकारी गराउन तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताको अभिमत बुझ्न कांग्रेसले इटहरीबाट देशव्यापी प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind